२०८३ बैशाख १३

रास्वपा लाइनमा बालेन, नेताको चाहनाभन्दा देशको आवश्यकता रोज्यौं: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भएको सातबुँदे सहमतिले नेपाली राजनीतिमा नयाँ बहस र तरंग ल्याएको छ।

सहमतिपछि रास्वपा सभापति रवि लामिछानेले सहमति कुनै व्यक्ति वा दलको चाहनामा होइन, देशको आवश्यकताअनुसार हुनुपर्ने बताएका छन्।

आईतबार बिहान भएको उक्त सहमतिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लामिछानेले राजनीतिक समझदारी व्यक्तिगत लाभभन्दा माथि उठ्नुपर्ने उल्लेख गरेका हुन्। “सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ,” उनले फेसबुकमा लेखेका छन्।

सातबुँदे सहमतिअनुसार आगामी आम निर्वाचनपछि बालेन साहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति भएको छ। पार्टीको संगठनात्मक नेतृत्व भने सभापति रवि लामिछानेले नै सम्हाल्ने गरी कार्य विभाजन तय गरिएको जनाइएको छ।

यो सहमतिलाई रास्वपा र बालेन साहबीचको ‘बृहत् एकता’का रूपमा व्याख्या गरिएको छ। सहमतिपछि रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत बालेन साह अब औपचारिक रूपमा रास्वपा नेता भएको दाबी गरेका छन्।

वाग्लेले बिहान ४:१५ बजे रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच एकता सम्बन्धी समझदारी भएको उल्लेख गर्दै यसलाई नयाँ राजनीतिक यात्राको सुरुवातको संकेतका रूपमा चित्रण गरेका छन्।

यस सहमतिलाई कतिपयले वैकल्पिक राजनीतितर्फको निर्णायक कदम मानेका छन् भने कतिपयले आगामी निर्वाचन केन्द्रित रणनीतिक चालको रूपमा हेरेका छन्।

बालेन-रवि सहमतिले नेपाली राजनीतिमा नयाँ समीकरण र सम्भावनाको ढोका खोलेको भने स्पष्ट देखिन्छ।

Read More

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

राप्रपले सोमबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने अग्री बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

राप्रपाको यस बैठकमा आसन्न निर्वाचन लगायत समसामयिक राजनीतिक परिस्थितिको विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

Read More

सहायता कटौतीले अफगानिस्तान मानवीय संकट

काठमाडौँ । अफगानिस्तानलाई दिइने अन्तर्राष्ट्रिय सहायतामा कटौतीले देशमा मानवीय संकटलाई अझ बढाएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले देशका अनुमानित २ करोड २९ लाख मानिसहरू भोकमरीको सामना गर्ने अनुमान गरेको छ, अर्थात् देशको लगभग आधा जनसंख्यालाई सहयोगको आवश्यकता पर्नेछ ।

विश्व खाद्य कार्यक्रमले यो पनि चेतावनी दिडिया अफगानिस्तानमा १ करोड ७० लाखभन्दा बढी मानिसहरू अब जाडोमा भोकमरीको खतराको सामना गरिरहेको बताएको छ ।

यो भोकमरी संकटमा एक वर्ष अघिको भन्दा ३० लाख बढी मानिसहरू परेको बताइएको छ । अफगानिस्तान आर्थिक संकटमा छ, र बारम्बार आएको खडेरी र दुई विनाशकारी भूकम्पले स्थितिलाई बिगारेको छ । इरान र पाकिस्तान जस्ता देशहरूबाट निष्कासित अफगान शरणार्थीहरूको ठूलो आगमनले पनि देशमा आर्थिक दबाब बढाएको छ । यस्तो अवस्थामा, सहायता कटौती खतरनाक छ । यहाँको अवस्था अब अझ जटिल भएको रिपोर्ट गरिएको छ। 

संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले २०२६ मा लगभग २ करोड २० लाख अफगानीहरूलाई संयुक्त राष्ट्रसंघको सहयोगको आवश्यकता पर्नेछ, तर कम दाता योगदानका कारण, उनको संस्थाले केवल ३९ लाख मानिसहरूमा ध्यान केन्द्रित गर्नेछ। यसले अवस्था झनै बिग्रने अनुमान गरिएको बताएका छन् । फ्लेचरले यो जाडो वर्षौंमा पहिलो पटक हो जब लगभग कुनै पनि अन्तर्राष्ट्रिय खाद्य वितरण भएको छैन ।

२०२५ मा १० लाखभन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमिमा फर्किए पनि, २० लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानमा नै छन् । पाकिस्तानी पत्रिका डनले संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको तथ्याङ्क उद्धृत गर्दै यो रिपोर्ट गरेको छ । रिपोर्टमा नोभेम्बरमा मात्र एक लाख ७१ हजार ५५ अफगान नागरिकहरू अफगानिस्तान फर्किएका थिए, जसमध्ये ३७ हजार ८९९ जनालाई चमन, तोरखाम र बारबाचा सीमाना हुँदै देश निकाला गरिएको थियो । थप रूपमा, नोभेम्बरमा ३१ हजार ५०० भन्दा बढी अफगान दर्ता प्रमाणपत्र धारकहरूलाई युएनएचसीआरले स्वदेश फिर्ता केन्द्रहरू मार्फत अफगानिस्तान फिर्ता पठाइएको थियो ।

Read More

सामाजिक सञ्जालको लत र मानिसिक स्वास्थ्यको विषयमा न्यूयोर्क राज्यले चाल्यो महत्वपूर्ण कदम

काठमाडौँ । सामाजिक सञ्जालको लत र बालबालिकाको मानसिक स्वास्थ्यमा यसको नकारात्मक प्रभावको प्रतिक्रियामा न्यूयोर्कले एउटा ठूलो कदम चालेको छ । न्यूयोर्कका गभर्नर क्याथी होचुलले असीमित स्क्रोलिङ र अटो-प्ले जस्ता सुविधाहरू भएका सामाजिक सञ्जाल प्लेटफर्महरूले अब चेतावनी लेबलहरू राख्नुपर्ने कानुन बनाएको घोषणा गरेकी छन् । यो नयाँ कानूनले युवा प्रयोगकर्ताहरूलाई स्क्रिनमा घण्टौं टाँसिएर बिताउन बाध्य पार्ने सुविधाहरूलाई लक्षित गरेको छ ।

गभर्नर होचुलले यो नयाँ नियमलाई सुर्तीजन्य र चुरोट प्याकेजहरूमा रहेको चेतावनीसँग तुलना गरेकी छन् । उनले भनिन्- ‘जसरी सुर्तीजन्य उत्पादनहरूले क्यान्सरको जोखिमको बारेमा चेतावनी दिन्छन् वा प्लास्टिक प्याकेजिङले साना बच्चाहरूको लागि चोकिङ खतराको बारेमा चेतावनी दिन्छन्, त्यसरी नै सामाजिक सञ्जालको ‘लत लाग्नेहरू’ को लागि पनि चेतावनी आवश्यक छ । न्यूयोर्कवासीहरूलाई सुरक्षित राख्नु मेरो सर्वोच्च प्राथमिकता हो र यसमा हाम्रा बच्चाहरूलाई अत्यधिक प्रयोगलाई प्रोत्साहित गर्ने सामाजिक सञ्जाल सुविधाहरूबाट जोगाउनु समावेश छ ।’

यस कानून अन्तर्गत, ‘लत फिड’, अटो-प्ले, वा अनन्त स्क्रोलिङ सुविधा भएका प्लेटफर्महरू न्यूयोर्क भित्र आंशिक वा पूर्ण रूपमा प्रयोग गरिएको खण्डमा लागू हुनेछन् । कानूनको पालना गर्न असफल भएमा राज्यका महान्यायाधिवक्ताले कानुनी कारबाही गर्न सक्छन् । प्रत्येक उल्लङ्घनले ५ हजारसम्मको जरिवाना लाग्ने कानुनी व्यवस्था गरिएको छ ।

बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको प्रभाव विश्वव्यापी चिन्ताको विषय बनेको छ । हालै अष्ट्रेलियाले यस महिना १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको छ । न्यूयोर्क अब क्यालिफोर्निया र मिनेसोटा जस्ता राज्यहरूमा सामेल भएको छ, जहाँ पहिले नै समान सामाजिक सञ्जाल कानूनहरू छन् । २०२३ मा, अमेरिकी सर्जन जनरलले बालबालिकाको सुरक्षाको लागि एक चेतावनी  जारी गरे र अहिले न्यूयोर्कमा लागू गरिएको जस्तै चेतावनी लेबलहरूको लागि वकालत गरेको थियो ।

टिकटक, स्न्याप, मेटा (फेसबुक/इन्स्टाग्राम), र अल्फाबेट (गुगल/युट्युब) का प्रवक्ताहरूले यस नयाँ कानूनमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् । यद्यपि, संयुक्त राज्य अमेरिकाका धेरै स्कूल जिल्लाहरूले पहिले नै मेटा र अन्य सामाजिक सञ्जाल कम्पनीहरूलाई बालबालिकाको मानसिक स्वास्थ्यलाई हानि पुर्‍याएको आरोप लगाउँदै मुद्दा हालिरहेका छन् ।

Read More

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । एमालेले आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाउनुपर्ने तालिका रहेकाले उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको बताइएको छ ।

साथै बैठकले ११औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजनका बारेमा पनि बैठकमा छलफल हुने एजेण्डा रहेको छ ।

Read More

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बुधबारदेखि शुरु भएको बैठक आजपनि बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने बताइएको छ र छलफल अझै जारी रहेको छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

शुक्रबार विशेष महाधिवेशन पक्षधरले अब नियमित महाधिवेशन हुन नसक्ने भन्दै पुस मसान्त भित्र विशेष महाधिवेशनमा जान भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खडकालाई ज्ञापन पत्र बुझाएपछि अब बैठक विशेष महाधिवेशनको विषयमा समेत केन्द्रित हुने भएको छ ।

Read More

ब्राइटनमाथि आर्सनल विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले अर्को जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले एक गोल गरेका थिए भने एक गोल ब्राइटनका जर्जिनियो रटरले आत्मघाती गोल गरेका थिए । त्यस्तै ब्राइटनका लागि एक गोल डिएगो गोमेजले गरेका थिए ।

यो जितपछि आर्सनलको १८ खेलमा ४२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्राइटनको १८ खेलमा २४ अंक रहेको छ ।

Read More

रास्वपाको समानुपातिकका लागि उम्मेदवारको मतदान आज सकिदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आजपनि आन्तरिक मतदान गर्दैछ । शनिबारदेखि शुरु भएको मतदान आज साँझ ७ बजेसम्म हुने रास्वपाले जानकारी दिएको छ ।  

रास्वपाले फागुन २१ गतेको प्रतिनिधि सभाको मानुपातिक तर्फका ११० उम्मेदवार छनोट गर्न गत कात्तिक २२ गतेदेखि नै प्रक्रिया शुरु गरेको थियो ।  समानुपातिकमा उम्मेदवार बन्न ३८० जनाले आवेदन दिएका छन् र उनीहरुको ब्लुप्रिन्ट, शून्य समयमा प्रस्तुतिपछि मतदान गर्न लागिएको छ । मतदानका लागि ३६ घण्टाको समय निर्धारण गरिएको छ । 

रास्वपाले ६ क्लस्टर खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू बनाएर मतदान गर्न लागेको छ । जस अनुसार खसआर्यबाट ३३ जना, आदिबासीबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५ जना, थारुबाट ८ जना र मुस्लिमबाट ५ जना उम्मेदवार चयन गर्दैछ ।

आन्तरिक मतदानमा अधिकतम ११० जनालाई मतदान गर्न सकिने र न्युनतम ५७ जना महिला उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्था गरिएको छ । मतदातालाई कुनैपनि क्लस्टर खाली छोड्न नपाइने कम्तिमा १० प्रतिशत मतदान गर्नैपर्ने भनिएको छ ।    

रास्वपाले यसअघि पनि उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको थियो । नेपालमा अन्य दलले भन्दा फरक अभ्यास गरेपनि यस प्रक्रियाको पारदर्शितामा भने प्रश्न उठ्ने गरेको छ । उम्मेदवारले कति मत पाए, कति मतदान भयो भन्ने विवरण सार्बजनिक नगरिएकाले प्रश्न उठाउने गरिएको छ ।

साथै काठमाडौँ महानगरका प्रमुख बालेन शाह, कुलमान घिसिङ र जेनजी समुहहरुसँग सहकार्य गर्ने प्रयास जारी रहेकाले यस प्रक्रियामा रहेका कति जना उम्मेदवार बन्न पाउछन् भन्ने अनिश्चित नै रहेको बताइएको छ ।

Read More

रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । रोनाल्डोको यस सिजनमा साउदी लिगमा योसहित १२ गोल गरेका छन् । आल नासरका लागि तेस्रो गोल जोआओ फेलिक्सले गरेका थिए ।

यो जितपछि अल नासर यस सिजनमा अपराजित रहदै १०औं जित हासिल गरेको छ । यो जितपछि अल नासरको १० खेलमा ३० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै यो हारपछि अल अखडोउडको १० खेलमा ५ अंक मात्र रहेको छ ।

Read More

प्रतिनिधि सभाको समानुपातिकको सूची आज र भोली आयोगमा बुझाउनुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकको सूची बुझाउन आज र भोली दिउसो ४ बजेसम्मको समय तोकेको छ । निर्वाचन तालिका अनुसार समानुपातिकको सूची बुझाउन आयोगले पुस १३ र १४ गते दुई दिन अपरान्ह ४ बजेसम्मको समय तोकेको हो ।

आयोगले कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको जानकारी गराएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर मात्र उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्न अनुरोध गरेको छ । 

साथै राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीको लागि सार्वजनिक गर्न सक्ने समेत उल्लेख गरेको छ ।

Read More