२०८२ फाल्गुन २३

इलामको विपदवाट क्षति पुगेका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौं । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि । अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको छ ।  

क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ । 

अर्थ मन्त्रालयले चालू आवका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । स्रोत सहमति प्राप्त भएकाले अव सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेण्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले विपद्बाट क्षतिग्रस्त सडकका संरचना मर्मत तथा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएकाले टेण्डरको प्रक्रिया तत्काल अगाडि बढाउन सडक विभागलाई निर्देशन दिएका छन् । उक्त कार्य विभाग मातहतको सडक डिभिजन, इलामले कार्यान्वयन गरिनेछ । 

३९ जनाको मृत्यु र ठूलो भौतिक संरचनामा क्षति पुग्नेगरी  मनसुनजन्य विपद् घटना भएपछि सरकारले २३ असोजमा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो ।  

२५ असोजमा मन्त्री घिसिङ, सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशराज भट्टको टोलीले इलाम पुगेर विपद्को क्षति निरीक्षण गरेको थियो । 

टोलीले विपद्बाट प्रभावितका भएका घरपरिवारका लागि तत्काल राहत उपलब्ध गराउने, क्षति पुगेका संरचनाको तत्काल मर्मत सम्भार गरी जनजीवन सामान्य बनाउने र आवश्यक तत्कालीन  तथा दीर्घकालीन योजना ल्याउने  प्रतिबद्धता जनाएको थियो । 

सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ । मेची राजमार्गअन्तर्गतकै माइखोला मोटरेवल स्थायी पुल राजदुवालीका लागि २० करोड, मेची करिडोरको माइखोलामा मोटरेवल स्थायी पुल वेलासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माण गर्न ५÷५ करोड र मेची राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको मेची करिडोरका लागि १४ करोड रुपैयाँको स्रोत सुनिश्चिता प्रदान गरिएको छ । 

यसमध्ये, मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली तथा माइखोला पुल वेलासेका लागि क्रमश ः ५ तथा १० करोड र मेची करिडोरका लागि ४ करोड रुपैयाँ चालु आवमा तत्काल आवश्यक रकम निकासा दिइएको छ । दुई वटा बेली ब्रिजका लागि आवश्यक सम्पूर्ण रकम निकासा दिइएको छ ।

Read More

बयान दिन जाँचबुझ आयोगमा पुगे लेखक

काठमाडौँ । पुर्व गृहमन्त्री रमेश लेखकले आफु भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन पुगेका छन् ।

लेखक सिंहदरबारस्थित आयोगको कार्यालयमा केहीबेर अघि बयानका लागि पुगेका हुन् ।

साथै लेखकले दिउसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन समेत गर्ने भएका छन् । 

आयोगले गत शुक्रबारसम्म बयान दिन पत्र लेखेको भएपनि लेखकले सोमबार बयान दिन आउने जानकारी आयोगलाई गराएको बताएका थिए । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गत मंगलबार पत्र लेख्दै बयानका बोलाएको थियो ।

आफ्नो अनुसन्धानको अन्तिम चरणमा रहेको आयोगले लेखकको बयानपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ ।

Read More

झरीपछिको इन्द्रेणीले कति कमायो ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पुस १२ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले ६२ लाख ६९ हजार ४७५ कमाई गरेको छ । फिल्मले अहिलेसम्म १९ हजार ७९३ टिकट बिक्री भएको छ ।  

त्यस्तै परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी कमाई गरेको छ । परानले अहिलेसम्म १७ करोड ६७ लाख ३६ हजार ८२८ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख २७ हजार ५८५ टिकट बेचेको छ ।

त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१  भने बक्स अफिसमा असफल भएको छ । यस फिल्मले अहिलेसम्म २१ लाख ५० हजार ४०२ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ८६१ टिकट बिक्री भएको छ । 

त्यस्तै फिल्म पीआरले ६ लाख ७५ हजार ३३ कमाई गरेको छ भने लोकन्तीले ४ लाख १२ हजार ५४० कमाई गरेको छ । 

Read More

ताइवान नजिक चीनको सैन्य अभ्यास

काठमाडौँ । चीनले ताइवान नजिक सैन्य अभ्यास सुरु गरेपछि सो क्षेत्रमा तनाव बढ्ने संकेत देखिएको छ ।

चीनले यी अभ्यासहरू ‘पृथकतावादी शक्तिहरू’ लाई चेतावनी दिनको लागि गरिएको बताएको छ । चिनियाँ सेनाका अनुसार यी अभ्यासहरूमा सेना, नौसेना, वायुसेना र रकेट फोर्स तैनाथ गरिएको छ । यी अभ्यासहरूमा प्रत्यक्ष फायर ड्रिलहरू पनि समावेश छन् । यी सैन्य अभ्यासहरूलाई ‘न्याय मिसन २०२५’ नाम दिइएको छ ।

अमेरिकाले ताइवानलाई ११ अर्ब डलरको प्रमुख हतियार प्याकेज बेच्ने घोषणा गरेको केही दिनपछि यी अभ्यासहरू भइरहेका छन् । चीनले यस निर्णयको कडा विरोध गरेको छ र प्रतिक्रियामा अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ ।

यस वर्ष आफ्नो रक्षा तयारीलाई अझ बलियो बनाउने ताइवानको प्रयासबाट चीन पनि चिन्तित देखिएको छ । चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्छ, जबकि ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्दछ । ताइवानलाई स्वतन्त्र देशको रुपमा अमेरिकाको बलियो समर्थन रहेको छ ।

Read More

विध्वंसका योजनाकार र मतियारहरुलाई नबिर्सिने महासचिव पोखरेलको चेतावनी

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक दिनमा यति ठुलो विध्वंसका योजनाकार र मतियारहरुलाई नबिर्सिने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले जनताको आन्दोलनले एक दिनमा यति ठुलो क्षति हुनै नसक्ने भन्दै जेनजीका नाममा नेपाली नव युवाहरुमाथि षड्यन्त्रको आरोप लगाइएको दाबि गरेका छन् ।

उनले भनेका छन्- ‘एक दिनमा यत्रो क्षति !! जनताको आन्दोलन यस्तो हुन सक्दैन । कुनै पनि हालतमा, कुनै पनि बहानामा, यस्तो विध्वंसात्मक हुनै सक्तैन । त्यसमाथि  यत्रो षडयन्त्रको आरोप जेन्जीका नाममा नेपाली नव युवाहरुमाथि ? अह यस्तो हुनै सक्दैन !! हामी विर्सने छैनौ… हो, हामी विर्सने छैनौ यस विध्वंसका योजनाकार र मतियारहरुलाई !!!’

Read More

उत्तर कोरियाले गर्यो लामो दूरीको रणनीतिक क्रूज क्षेप्यास्त्र परीक्षण

काठमाडौँ । उत्तर कोरियाले फेरि एक पटक आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ । यसैको एक भागको रूपमा, यसले समुद्रमा लामो दूरीको रणनीतिक क्रूज क्षेप्यास्त्र परीक्षण गरेको छ ।

यो परीक्षण देशको आणविक क्षमता परीक्षण गर्न गरिएको थियो । यो कदम यस्तो समयमा आएको हो, जब उत्तर कोरियाले आफ्नो पहिलो आणविक पनडुब्बीको निर्माणलाई तीव्र पार्दै कोरियाली प्रायद्वीपमा तनाव बढाइरहेको छ । उत्तर कोरियाको राज्य समाचार एजेन्सी, केसीएनएका अनुसार, देशको पश्चिमी तट नजिकै आइतबार क्षेप्यास्त्र परीक्षण गरिएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उन परीक्षणमा उपस्थित थिए । उनले देशको आणविक शक्तिको विश्वसनीयता परीक्षण गर्नु र यसको सैन्य क्षमता प्रदर्शन गर्नु बाह्य खतराहरू विरुद्ध आत्मरक्षा र युद्ध रोक्नको लागि एक जिम्मेवार कदम भएको सो अवसरमा बताएको उल्लेख गरेका थिए ।

अर्कोतर्फ, दक्षिण कोरियाको सेनाले पनि आइतबार बिहान उत्तर कोरियाको राजधानी क्षेत्रबाट धेरै क्रूज क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गर्‍यो । दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँगको सैन्य गठबन्धन अन्तर्गत उत्तर कोरियाको कुनै पनि उत्तेजनाको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताएको छ ।

अन्तर्राष्ट्रिय कानूनको साथ जारी राख्दै, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्न निषेध गर्दछ । यद्यपि, क्रूज मिसाइल परीक्षणमा प्रत्यक्ष प्रतिबन्ध छैन । यद्यपि, यी मिसाइलहरू संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका लागि खतरनाक मानिन्छन् किनभने तिनीहरू कम उचाइमा उड्छन्, सजिलै दिशा परिवर्तन गर्न सक्छन् र राडारबाट बच्न सक्छन् । विज्ञहरू युद्धको अवस्थामा, उत्तर कोरियाले तिनीहरूलाई अमेरिकी युद्धपोत र विमान वाहकहरूमा आक्रमण गर्न प्रयोग गर्न सक्छ ।

गत हप्ता, उत्तर कोरियाले नयाँ विमान विरोधी मिसाइलहरूको परीक्षण गरेको थियो । यसले आणविक शक्तिले चल्ने पनडुब्बीको तस्बिरहरू पनि जारी गर्‍यो, जसले यसको लगभग पूर्ण संरचना देखाउँछ । यसले यो पनडुब्बी आणविक मिसाइलहरूले सुसज्जित हुन सक्छ । आणविक पनडुब्बीहरू धेरै उन्नत हतियार प्रणालीहरू मध्ये एक हो जुन किम अमेरिकाको नेतृत्वमा रहेको सुरक्षा खतराहरूको सामना गर्न तैनाथ गर्न चाहन्छन् ।

२०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएदेखि, उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रममा बढी जोड दिएको छ । यद्यपि, सेप्टेम्बरमा, किमले अमेरिकाले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणको माग त्यागेमा वार्ता पुनः सुरु हुन सक्ने बताएका थिए ।

Read More

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ६ सयले घटेर तोलाको २ लाख ७० हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ४८९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि आइतबार चाँदी तोलाको ४८३५ मा कारोबार भएको थियो ।

Read More

नेकपाले समानुपातिकमा सबै नयाँ पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचिमा नपर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा या राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ ।

पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट  निर्वाचित भएकाहरूलाई सिफारिस नगर्ने बताइएको छ । 

आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन सिफारिस सूचि तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले गरेको हो ।

Read More

अल्फाबेट र एप्पललाई उछिन्दै चाँदी बन्यो विश्वको तेस्रो मुल्यवान सम्पत्ति

काठमाडौँ । आपूर्ति अवरोध, बलियो औद्योगिक माग र थप अमेरिकी ब्याजदर कटौतीको कारणले विश्वबजारमा चाँदीको मुल्य लगातार बढिरहेको छ ।

चाँदी विश्वको सबैभन्दा मूल्यवान सम्पत्ति मध्ये एक बन्न पुगेको छ, बजार मूल्यमा टेक दिग्गज एप्पल र अल्फाबेटलाई उछिनेर विश्वको तेस्रो ठुलो मुल्यवान सम्पत्ति बनेको छ । चाँदीको बजार विश्वव्यापी पूँजीकरण ४.४ ट्रिलियन डलर पुगेको छ । जो एनभिडिया भन्दा केवल ८.१ प्रतिशत मात्र पछाडी रहेको छ । एनभिडियाको ४.६ ट्रिलियन डलर रहेको छ । पछिल्लो अपडेट सुन ३१.५ ट्रिलियन डलरको बजार पूँजीकरणको साथ सबैभन्दा मूल्यवान सम्पत्तिको रूपमा धेरै अगाडि छ । 

त्यसैगरी एप्पलको ४.०५ ट्रिलियन डलर बजार पुँजीकरण रहेको छ भने अल्फाबेटको ३.८ ट्रिलियन डलर रहेको छ ।

चाँदीको मूल्यमा तीव्र वृद्धि ऐतिहासिक मूल्य वृद्धिको बीचमा आएको छ। चाँदीको पछिल्लो कारोबार मुल्य प्रति औँस ८० डलर पुगेको छ । जुन अहिलेसम्मकै उच्च मुल्य हो । चाँदी २०२५ मा १८१ प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकी फेडरल रिजर्भको ब्याज दर कटौती र भूराजनीतिक तनाव, देशहरूले अमेरिकी धितोपत्र र ‌डलरबाट टाढा जान खोज्दा केन्द्रीय बैंकहरूबाट बलियो ‌माग, र विनिमय-व्यापारित कोषहरूमा बढ्दो होल्डिंग सहित कारकहरूको एक ककटेलले चाँदीको मुल्यलाई प्रभावित पारेको छ ।

Read More

मेक्सिकोमा रेल दुर्घटना: कम्तिमा १३ जनाको मृत्यु र करिब सय जना घाइते

काठमाडौँ । मेक्सिकोको ओक्साका क्षेत्रमा रेल पटरीबाट खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने लगभग १०० जना घाइते भएका छन् ।

रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्य सवार भएको बताइएको छ । नौसेनाका अनुसार दुर्घटनामा ९८ जना घाइते भएका छन्, जसमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

अधिकारीहरूका अनुसार, रेल निजाना शहर नजिकैको घुम्तीमा पटरीबाट खसेको थियो । मेक्सिकोका महान्यायाधिवक्ताले अनुसन्धान सुरु गरिएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताएकी छिन् । उनले नौसेना सचिव सहित उच्च-स्तरीय अधिकारीहरू दुर्घटनास्थलमा पुगेको बताएकी छन् ।

Read More