२०८३ बैशाख १३

यी हुन् नेपाली कम्युनिस्ट पार्टीका ११० समानुपातिक उम्मेदवार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले एकतामा आएका सबै दल र समुहलाई समेटेर समानुपातिक उम्मेदवार तय गरेको छ । 

पार्टीले प्रतिनिधिसभा या राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको थियो । सोहि अनुसार धेरै जसो नयाँ अनुहारलाई अवसर दिइएको छ । आयोगमा पेश भएका यी नाम पुन: संशोधन गर्न पनि सकिन्छ । उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने र दलले सोउम्मेदवारको सट्टामा अर्को नाम दिन आयोगले पुस ३० देखि माघ २ गतेसम्म समय दिने कार्यसूची रहेको छ । 

नेपाली कम्युनिस्ट पार्टीका ११० समानुपातिक उम्मेदवार: 
प्रमेशकुमार हमाल, महेन्द्रबहादुर कार्की, प्रेम बयक, नहेन्द्र खड्का, जितेन्द्र दाहाल, सुजाता काफ्ले, डम्बरबहादुर क्षेत्री, विनोद कुटुवाल, राममणि पोखरेल, तीर्थबहादुर बुढा, विष्णु लम्साल, भीमबहादुर भण्डारी, कृष्णबहादुर बुढा, गोविन्दराज पौडेल, विष्णु खनाल, दीपक जंगम पनि समानुपातिक सूचीमा छन् ।

त्यस्तै करुणा बस्नेत, उमा अधिकारी, सीता दाहाल, पञ्चा सिंह, निशा न्यौपाने, कमला नहर्की, गंगा खड्का बोगटी, निर्मला साउद, दिलकुमारी पन्त, मन्जु कोइराला, उषाकुमारी पोखरेल, भगवती नेपाल, निरा ढुंगाना, जयानन्द कार्की रावल, ज्ञानु आचार्य, यमुना गुरागाईं, सावित्री पोखरेल रहेका छन् ।

त्यसैगरी कैसर जहाँ, जरिना बेगम, जामिया खातुन, अमरुल निसा, ताज मोहम्मद मियाँ, मिराशा चौधरी, अन्जु दहित, सस्मति चौधरी, उषाकुमारी चौधरी, भुवनकुमार थारु, राम अवतार राना र लक्ष्यबहादुर चौधरी रहेका छन् ।

त्यस्तै तारा विश्वकर्मा, सुमारिया देवी पासवान, कमला ज्ञवाली, गणेश विश्वकर्मा, मित्र परियार, शरद रसाइली, शंकर दुलाल, ठाकुर विक, कृष्ण नेपाली, गोपाल परियार, कमलराज यादव, श्रीप्रसाद साह, छेदी रजक, अभिमन्यु यादव, अरविन्द दास, गीता गहतराज, पार्वती विक, विनिता विक, रेखा राम र शारदा दमाई छन् ।

त्यसैगरी भीमकुमारी बुढा, सामति गुरुङ, शर्मिला लामा, ममता राजवंशी, अञ्जिता श्रेष्ठ, विष्णुकुमारी थापा, मेनुका थुलुङ, सुनिता बुढामगर, निर्मला श्रेष्ठ, रामदेवी तामाङ, सुनिता घले, गीता श्रेष्ठ, सनिम लामा, नलिनी सिंह, सबिता तामाङ, जमुना गाइजु, कल्पना लिम्बू, परशुराम तामाङ, दिलीप प्रजापति, झक्कु घर्ती, खेमकुमार राई, बखानसिंह तमु, पासाङ शेर्पा, भरतककुमार श्रेष्ठ, वीरबहादुर बुढाथोकी, दंगध्वज दयाहाङ, शेरबहादुर तामाङ, मंगलसिंह प्रजा, चेतबहादुर पुन, रुकुम पाख्रिन, रहलसिंह तामाङ र पुष्प राजकर्णिकारलाई पनि नेकपाले समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएको छ ।

त्यस्तै तारा महतो, रामसखी देवी, सुनितादेवी यादव, पूर्ण झा, जयरानी सहनी, पुनम जयसवाल, संगीता यादव, सुधा सिंह, कल्पना यादव, जोगकुमार बर्बरिया, सुरेन्द्र जयसवाल, घनश्याम रजक र किसुन मण्डल रहेका छन् ।

Read More

पुटिनको निवासमा युक्रेनले आक्रमण प्रयास गरेको रुसको आरोप

काठमाडौँ । युक्रेनले नोभगोरोड क्षेत्रमा रहेको राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक निवासमा आक्रमण गर्ने प्रयास गरेको दाबी गरिएको छ । 

रिपोर्टका अनुसार रुसले युक्रेनले डिसेम्बर २८ को राति ९१ वटा लामो दूरीको ड्रोनले रुसी राष्ट्रपतिको आधिकारिक निवासलाई निशाना बनाएको रुसको दाबी छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसी वायु रक्षा प्रणालीले सबै ड्रोनहरू नष्ट गरेको जानकारी दिएका छन् । त्यस्तै उनले यस घटनापछि युक्रेनसँगको शान्ति वार्ताको समिक्षा गर्ने बताएका छन् ।

उनले ‘गैरजिम्मेवार कार्यहरू’ अनुत्तरित नछोडिने बताउदै यस घटनालाई राज्य-प्रायोजित आतंकवाद भनेका छन् । लाभरोभले रुसी सशस्त्र सेनाले प्रतिशोधात्मक हमलाहरूको लागि पहिले नै लक्ष्यहरू पहिचान गरिसकेको बताएका छन् ।

रुसी विदेशमन्त्रीले सम्भावित शान्ति सम्झौताको बारेमा युक्रेनसँग वार्ता भइरहेको समयमा भएको भन्दै रूस वार्ताबाट पछि हट्ने छैन, तर वार्ताको सम्बन्धमा मस्कोको अडान समीक्षा गरिने बताए ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यी आरोपहरूलाई झूटो भनेर खारेज गरेका छन् । उनले रूसले कीभमा सरकारी भवनहरूमा आक्रमणको लागि वातावरण सिर्जना गर्न खोजिरहेको आरोप लगाएका छन् ।

यसैबीच, आक्रमणको समयमा राष्ट्रपति पुटिन निवासमा उपस्थित थिए कि थिएनन् भन्ने कुरा स्पष्ट भएको छैन ।

Read More

आज तमु ल्होसार मनाइँदै

काठमाडौँ । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् ।

Read More

आज कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जयन्ती मनाइदै

काठमाडौं । आज कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जयन्ती मनाइदैछ ।

विसं १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा पौष शुक्ल एकादशीका दिन जन्मिएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो ।

विसं ००८ असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पदवी र मासिक दुई सय रुपैयाँ आजीवन भत्ताको व्यवस्था गरेका थिए । साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त ०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो । 

 उनका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु् लागेको छ। देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहेको छ ।

देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Read More

२०८२ पुष १५ गते मंगलबार: आजको राशिफल

आज पुष १५ गते मंगलबार ईसं २०२५ डिसेम्वार ३० नेपाल सम्बत ११४६ पोहेलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण एकादशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सिद्ध योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज तमु ल्होसार र कवि शिरोमणि लेखनाथ जयन्ती परेको छ  ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनैकुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । कामको बोझ बढ्नेछ, अथक परिश्रम र कडा मिहिनेतको समय छ, तर पनि समुचित प्रतिफल प्राप्त गर्न नसक्दा मन दुखित बन्नसक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । अर्काको सहयोग गर्न पाउँदा वा परोपकारी काममा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मीय मित्र वा प्रेमीप्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने सङ्केत छ, आफ्‌नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विवाद, प्रतियोगिता वा प्रतिस्पर्‌द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन । जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठीक हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । बुद्धिको सही प्रयोग गर्नसके आफ्‌नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्‌द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूर्णता पाउने समय हो । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । इच्छामुताबिकको कुनै काम वा धार्मिकरआध्यात्मिक कामका लागि समय व्यवस्थापन गर्नसकेमा तनाव र स्ट्रेसबाट मुक्ति पाउन सक्नुहुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । उदारमना व्यक्तित्व वा हाइ प्रोफाइल व्यक्तिसँग उठबस गर्ने मौका मिल्नेछ, आवश्यक परेमा उहाँहरूको सुझाव प्राप्त हुनाले देखिएका बाधा हट्नसक्छन् । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्‌न सक्दैनन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । गरिआएको काम वा व्यापारिक गतिविधिमा कुनै पनि प्रकारको परिवर्तन ल्याउने प्रयास नगर्नुहोस्, वर्तमान परिस्थितिमा मात्र ध्यान दिनु बेस हुनेछ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ ।

Read More