२०८३ बैशाख १३

निगमले इन्धनको मुल्य घटायो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिक तर्फ प्रति लिटर ६ ले घटाएको निगमले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय इन्धनमा प्रति किलो लिटर ४२ डलरले घटाएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५९ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १३७ भएको निगमले जनाएको छ ।

Read More

नक्कली प्रहरी बनेर औषधि पसलमा असुली गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौंका विभिन्न औषधि पसलहरूमा नक्कली प्रहरी बनेर त्रास देखाएर ठगि गर्ने दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न औषधि पसलहरूमा नक्कली प्रहरी बनेर पसलको खानतलासी गरी लागु औषध तथा अवैध औषधिहरू बेचेको भन्दै त्रास देखाएर रकम असुली गर्ने सिन्धुपाल्चोक घर भइ काठमाडौंको गोकर्णेश्वर बस्ने ३७ बर्षिय नानि बावु लामा  र दोलखा घर भइ काठमाडौं महानगर-६ बस्ने ३४ बर्षिय प्रकाश तामाङलाई गोकर्णेश्वर नगरपालिका ६ स्थित औषधी पसलबाट गरेको हो ।

दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

Read More

समानुपातिक सुची बारे चर्को आलोचनापछि रास्वपाले भन्यो- त्रुटी देखिएमा सच्याउछौं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको सूची बारे चर्को विरोध भएपछि त्रुटी देखिए सच्याउने बताएको छ ।

पार्टी सचिवालयको नाममा विज्ञप्ति जारी गर्दै रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरुबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले  यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेश भएको स्पष्ट गरेको छ ।

रास्वपाले उक्त बन्दसूचीमा रहेका त्रुटिहरु सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराएको छ । 

रास्वपाले आयोगमा बुझाएको समानुपातिक सुचीमा नेपोकिड्सलाई सामेल गरेको, नातावाद र नेताहरुको वरिपरी रहेकालाई अवसर दिइएको तथा पार्टीले गरेको प्राइमरी निर्वाचनको बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

Read More

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ ।

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । इजलासले बहसपछि उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश भएको हो ।

पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालिन मन्त्री गुप्तासहित ७ जनाविरुद्ध गत असोज २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र घुस लेनदेनमा जोडिएकी पूर्व भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठसमेतलाई प्रतिवादी कायम गरेर घुस लेनदेनको कसुरमा मुद्दा दायर भएको थियो  । घुस लेनदेनमा संलग्न सुजन लामासहित पाँचजना बिचौलियालाई पनि अख्तियारले प्रतिवादी कायम गरेको थियो । 

बिचौलियासँग ७८ लाख घुसको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले गत असार ३१ मा राजीनामा दिएका थिए ।

Read More

खालिदा जियाको अन्त्येष्टि, १० लाखभन्दा बढी सहभागी

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बीएनपी प्रमुख खालिदा जियाको अन्त्येष्टि गरिएको थियो । 

खालिदा जियालाई बंगलादेशको संसद परिसरको जिया उद्यानमा गाडिएको थियो, जुन उनका पति तथा बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमानको चिहान नजिकै छ ।

खालिदा जियाको मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भयो । उनी विगत २० दिनदेखि अस्पतालमा भेन्टिलेटरमा थिइन्। उनको मृत्युपछि बंगलादेश सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । यस अवधिमा देशभरका सरकारी भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ र सबै आधिकारिक कार्यक्रमहरू स्थगित गरिनेछन् ।

उनको अन्त्येष्टिमा देशभरबाट दश लाख मानिसहरू सहभागी भएको बताइएको छ । बंगलादेशी मिडिया रिपोर्टका अनुसार, देशको इतिहासमा यति ठूलो अन्त्येष्टि पहिले कहिल्यै देखिएको थिएन ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मुहम्मद युनुस, अन्य सल्लाहकारहरू, राजनीतिक दलका शीर्ष नेताहरू, विभिन्न देशका प्रतिनिधिहरू र समाजका सबै वर्गका लाखौं मानिसहरू अन्त्येष्टिमा सहभागी भएका थिए ।

नेपालबाट अन्त्यष्टिमा परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी भएका थिए । 

Read More

भूमि आयोग कास्कीका तत्कालिन अध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसमेत ६ जनाविरुद्ध विद्यालयको जग्गा व्याक्तिको नाममा गरेर भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगर- २६ स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको सार्वजनिक विद्यालय परिसरको ३ रोपनी भन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता गराई पदको दुरुपयोग गरी अनियमितता गरेको प्रमाणित भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

अख्तियारले राष्ट्रिय भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, आयोगका सदस्य तथा कास्की मालपोतका प्रमुख रामचन्द्र अधिकारी, आयोगका सदस्य आश बहादुर गुरुङ, सदस्यहरु उमा कुमारी थापा र सोमबहादुर नेपाली तथा प्रतिवादी भिम बहादुर विकविरुद्ध मुद्धा दायर गर्दै उनीहरुविरुद्ध एक करोड ४० लाख २५ हजार जनही बिगो माग र कानुन अनुसारको सजाय माग गर्दै मुद्धा दायर गरेको जानकारी दिएको छ ।

Read More

भारतको ऐतिहासिक उपलब्धि, विश्वको चौथो ठुलो अर्थतन्त्र बन्यो

काठमाडौँ । २०२५ को अन्त्यमा भारतीय अर्थतन्त्रले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । केन्द्र सरकारले जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार, भारत अब जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ, जसको जीडीपी (कुल गार्हस्थ उत्पादन) ४.१८ ट्रिलियन डलर रहेको छ । विश्वव्यापी आर्थिक अनिश्चितताहरूको बीचमा देशको आन्तरिक शक्ति र सुधार देखिएको हो ।

आर्थिक वर्ष २०२५-२६ को दोस्रो त्रैमासिकमा भारतको वास्तविक जीडीपी वृद्धि दर ८.२ प्रतिशत थियो । यो तथ्याङ्क पछिल्लो छ त्रैमासिकमा सबैभन्दा उच्च हो । पहिले, यो पहिलो त्रैमासिकमा ७.८ प्रतिशत र अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकमा ७.४ प्रतिशत थियो ।

भारतको केन्द्र सरकारले भने- ‘४.१८ ट्रिलियन डलरको जीडीपीका साथ, भारत अब चौथो स्थानमा छ । हाम्रो अर्थतन्त्र जर्मनीलाई उछिन्दै आगामी साढे दुई देखि तीन वर्षमा तेस्रो ठूलो अर्थतन्त्र बन्ने बाटोमा छ । भारतको जीडीपी २०३० सम्ममा ७.३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ ।’ 

हाल, अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र चीन दोस्रो ठूलो हो । हाल अमेरिकाको अर्थतन्त्र ३०.६२ ट्रिलियन डलरको रहेको छ भने चीनको अर्थतन्त्र १९.४ ट्रिलियन डलरको रहेको छ । त्यस्तै जर्मनीको अर्थतन्त्र ५.०१ ट्रिलियन डलरको रहेको छ ।

यस आर्थिक उछालको मुख्य इन्जिन निजी उपभोग र बलियो घरेलु माग रहेको छ । विश्वव्यापी व्यापारमा निरन्तर उतारचढावको बावजुद, भारतको शहरी उपभोग र व्यावसायिक क्षेत्रहरूमा ऋण प्रवाहले यो वृद्धिलाई अगाडि बढाएको छ । आर्थिक मोर्चामा अन्य प्रमुख सूचकहरूले पनि राहत प्रदान गरेका छन् । नोभेम्बर २०२५ मा खुद्रा मुद्रास्फीति ०.७१ प्रतिशतको न्यूनतममा झरेको छ । नोभेम्बर २०२५ मा बेरोजगारी दर ४.७ प्रतिशतमा झरेको छ, जुन अप्रिल पछिको सबैभन्दा कमस्तर हो । नोभेम्बरमा व्यापारिक निर्यात बढेर ३८.१३ अर्ब डलर पुगेको छ ।

विश्वव्यापी मूल्याङ्कन एजेन्सीहरू र संस्थाहरूले पनि भारतको द्रुत वृद्धिलाई समर्थन गरेका छन् । त्यस्तै भारत २०२६ र २०२७ मा जी २० देशहरूमध्ये सबैभन्दा छिटो बढ्दो अर्थतन्त्र रहनेछ ।

सरकारले भारत अब २०४७ सम्ममा उच्च मध्यम आय भएको देश बन्ने आफ्नो दृष्टिकोणतर्फ दृढतापूर्वक अघि बढिरहेको जनाएको छ । बैंकिङ र कर्पोरेट क्षेत्रमा बलियो ब्यालेन्स पाना, संरचनात्मक सुधार र सामाजिक प्रगतिको आधारले भारतलाई लामो यात्राको लागि तयार पारेको बताएको छ । यद्यपि, यति ठूलो जनसंख्याको लागि गुणस्तरीय रोजगारी सिर्जना गर्नु र प्रतिव्यक्ति आयमा सुधार गर्नु आगामी वर्षहरूमा सबैभन्दा ठूलो चुनौती रहनेछ ।

Read More

टी- २० विश्वकप खेल्ने अफगानिस्तान टिमको घोषणा

काठमाडौँ । अफगानिस्तानले आईसीसी पुरुष टी- २० विश्वकप २०२६ को लागि रशिद खानको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।

समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् ।

टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, बंगलादेश, इटाली र इंग्ल्यान्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

अफगानिस्तानको टिममा रशिद खान (कप्तान), इब्राहिम जद्रान (विकेटकिपर), रहमानउल्लाह गुरबाज (विकेटकिपर), मोहम्मद इशाक (विकेटकिपर), सेदिकुल्लाह अटल, दरविश रसूली, शाहिदुल्लाह कमल, अजमतुल्लाह ओमारजाई, गुलबदिन नैब, मोहम्मद नाबी, नूर अहमद, मुजीब उर रहमान, नवीन उल हक, फजल हक फारुकी र अब्दुल्लाह अहमदजाई रहेका छन् ।

त्यस्तै रिजर्भ खेलाडीहरुमा एएम गजनफर, इजाज अहमदजाई र जिया उर रहमान शरीफी रहेका छन् ।

अफगानिस्तानले विश्वकपमा फेब्रुअरी ८ मा चेन्नईमा न्युजिल्याण्डविरुद्ध प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्ने तालिका रहेको छ ।

Read More

एन्फाको साधारण सभा माघ २८ मा झापामा, कार्यसमितिको निर्वाचन पनि हुने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन माघ २८ गते हुने भएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको अध्यक्षतामा बुधबार बसेको बैठकले एन्फाको साधारण सभा आउदो माघ २८ गते झापामा सम्पन्न गर्ने र संघको विधानको धारा ३१ को ‘त’ को निर्वाचनको व्यवस्था बमोजिम कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरेको हो ।

एन्फाले आर्थिक वर्ष २०८२/८३ को लेखा परिक्षण गर्नको लागि आठवटा मध्येमा संघको लेखापरिक्षण तथा अनुपालक समितिको सिफारिस बमोजिम सुबोध एसोसिएट्सलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

Read More

कमल थापा फर्किदा राप्रपाको रिक्तताले पूर्णता पायो- राजेन्द्र लिङदेन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा आफुले महसुस गरेको रिक्तताले आज पूर्णता पाएको बताएका छन् । 

राप्रपा र राप्रपा नेपालबीचको एकीकरण सभालाई सम्बोधन गर्दै कमल थापाको आगमनले राप्रपामा रहेको रिक्तताले पूर्णता पाएको बताएका हुन् ।

उनले भने- ‘राप्रपा अगाडी बढिरहदा मेरो मनमा सधै एउटा चिज अपुरो भइराखेको थियो । केहि रिक्तता जहिले महसुस गरिरहने भनेको कमल थापा हो । कमल दाइँ नहुदाको राप्रपा मेरो मनमा एकदम अपूर्ण जस्तो लाग्थ्यो । उहाँले छोडेर जानु भयो । म पार्टीको अध्यक्ष । मैले रोएर हिड्न पनि नमिल्ने । कमल दाइ नभएर यो पार्टी भएन भन्न पनि मिलेन उहाँ नभएर पनि चल्छ भन्नु पर्यो र चलायौं पनि । तर मनमा एक प्रकारको रिक्तता र अभाव भइरह्यो । आज त्यो पूर्ण भएको छ । सबैजना खुशी हुनुहुन्छ । सबैभन्दा बढी म खुशी छु ।’

अध्यक्ष लिङदेनले पार्टीमा सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै कसैले मनमा नराख्न आग्रह गरेका छन् । उनले राप्रपाको एजेन्डा लोकप्रियता र स्वीकार्यता बढेको उल्लेख गर्दै सोहि अनुसार पार्टीको लोकप्रियता र स्वीकार्यता पनि बढाउनुपर्ने बताए ।

Read More