२०८३ बैशाख १३

जर्मनीमा फिल्मी शैलीमा लुटियो बैंक

काठमाडौँ । जर्मनीमा एक बैंक फिल्मी शैलीमा चोरी भएको छ ।

पश्चिमी शहरमा रहेको स्पार्कासे बचत बैंकको शाखामा हलिउड शैलीको डकैतीले सबैलाई स्तब्ध बनाएको छ । चोरहरूले बैंकको भूमिगत भल्टमा प्रवेश गर्न ठूलो ड्रिल प्रयोग गरे र तीन हजार सुरक्षित निक्षेप बक्सहरू तोडेर ठूलो चोरी गरेको बताइएको छ । 

प्रहरीका अनुसार चोरहरूले पार्किङ ग्यारेजबाट भल्टमा आफ्नो बाटो ड्रिल गरेर भित्र पसेका थिए । प्रत्यक्षदर्शीहरूले शनिबार र आइतबार राति धेरै मानिसहरूले ठूला झोलाहरू बोकेको देखेको बताएका छन् । सुरक्षा क्यामेराहरूले सोमबार बिहान पार्किङ ग्यारेजबाट निस्केको कालो अडी आरएस ६ देखाएको छ, जसमा मास्क लगाएका मानिसहरू देखिएका छन् ।

मिडिया रिपोर्टहरूले चोरहरूले क्रिसमस र बैंक बन्द भएको फाइदा उठाएको उल्लेख गरेका छन् । प्रहरीले बिदा र सप्ताहन्तमा धेरै घण्टासम्म ड्रिल गरेको अनुमान गरेको छ । डिसेम्बर २९ को बिहान फायर अलार्म बज्दा चोरी पत्ता लागेको थियो, जसले गर्दा आपतकालीन सेवाहरू आइपुगेका थिए । घटनापछि, बैंकले ग्राहकहरूको लागि हटलाइन सुरु गरेर प्रभावितहरूलाई सूचित गरेको बताएको छ । 

घटनापछि, सयौं ग्राहकहरू बैंक बाहिर जम्मा भएका थिए । प्रहरीले चोरीमा संलग्न हजारौं सेफ बक्सहरूको औसत बीमा मूल्य १० हजार  युरोभन्दा बढी रहेको र अनुमानित क्षति लगभग ३ करोड युरो रहेको बताएको छ । जर्मनीमा, क्रिसमसको समयमा डिसेम्बर २४ को साँझदेखि धेरैजसो पसल र बैंकहरू बन्द रहन्छन् । चोरहरूले यो अवसरको फाइदा उठाए र प्रहरीले भल्टमा पहुँच प्राप्त गर्न बिदा र सप्ताहन्त प्रयोग गरेको आशंका गरेको छ ।

Read More

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार

काठमाडौँ । नेप्से आज दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १०.८७ अंकले बढेर २६३३.७६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

आज एसवाई प्यानल र न्यादी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्योर इनर्जीको शेयर मुल्य ६.४७ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी ग्रीन भेन्चरको १७ करोड ७९ लाख कारोबार भएको छ भने बन्दीपुर केबलकारको १५ करोड ८८ लाखको कारोबार भएको छ । 

Read More

मन रोई रोई अलग भएको थिए, अहिले पुनर्मिलन भयो- कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुहरुको राप्रपामा पुनर्मिलन भएको बताएका छन् ।

राप्रपासँग एकता भएको घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले यसलाई एकता भनिए पनि यो पुनर्मिलन भएको बताएका हुन् । सभालाई सम्बोधन गर्दै आम जनता र कार्यकर्ताको भावना अनुसार एकता गरिएको बताउदै आफु घर फर्किएको अनुभव भएको बताए ।

उनले भने- ‘आफुले रगत पसिना बगाएको घरमा फर्किदा जस्तो अनुभूति हुन्छ, आफुलाई अहिले त्यस्तै अनुभव भएको छ । २०७८ साल माघको अन्तिम साता अत्यन्तै भारी मनले मैले राप्रपा रुपी घर छोडेर गएको थिए । खुशीले होइन । मन रोई रोई म एक्लै अलग भएको थिए । मलाई कतिले बुझेर नबुझेर आरोप पनि लगाए । गीताको कसम खाएको मान्छेले पार्टी फुटयायो । हारेर पार्टी फुटायो भन्ने आरोप लगाइयो । त्यसमा कुनै सत्यता थिएन ।’

राप्रपा र राप्रपा नेपालबीच आज एकीकरण गरिएसँगै चार बर्षपछि अलग भएका नेताहरु एक ठाउमा आएका छन् ।

Read More

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिष्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ ।  

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो । 

नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत प्रतिश्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो ।  १७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ  (१ अप्रिल–३१ अगस्ट २०२६) सम्म्को नविकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ । 

Read More

सातदोबाटोमा फुटसलको उत्सव, नेपाल टोस्टमास्टर्स सिजन-३ सम्पन्न

काठमाडौँ । सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलको फुटसल मैदानमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन-३ सम्पन्न भएको छ।

डिस्ट्रिक्ट ४१ अन्तर्गतको डिभिजन ‘ए’ ले आयोजना गरेको यस प्रतियोगिता खेल मात्र नभई समुदाय, सहकार्य र आपसी सद्भावको उत्सव बनेको थियो।

प्रतियोगितामा नेपालका विभिन्न स्थानबाट आएका १२ टिम र १२० भन्दा बढी खेलाडी सहभागी भएका थिए। अनुभवी सदस्यदेखि नयाँ सदस्यसम्म सबै खेलाडीहरू प्रतिस्पर्धा र मित्रताको साझा भावनाले जोडिएका देखिन्थे। दिनभर मैदानमा स्वस्थ प्रतिस्पर्धा, आपसी सम्मान, हौसला र टिमवर्कको सुन्दर झलक देखियो।

प्रतिस्पर्धाको अन्तिम चरणमा ललितपुर लायन्स र ८८४९ एफसीबीच रोमाञ्चक फाइनल खेल सम्पन्न भयो। कडा प्रतिस्पर्धापछि ललितपुर लायन्स विजेता बन्दै च्याम्पियन ट्रफी उचाल्न सफल भयो। व्यक्तिगत विधातर्फ ८८४९ एफसीका अभिनव श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए भने बिभिएस नाइट्सकी सोनी चौरासिया उत्कृष्ट महिला खेलाडी बनिन्। त्यस्तै, ललितपुर लायन्सका सुजल साहिले सर्वाधिक गोलकर्ताको उपाधि हात पारे।

कार्यक्रमको सफलतामा क्यानन, वाल आर्टिस्ट्री इम्पेरो, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, फोन स्टोर र प्रिमियर इन्टरनेशनल स्कुल प्रायोजकको रूपमा रहेका थिए। साथै डाबर नेपाल, भिजनसाइन, नेपाल मेडिसिटी र भिजन क्रिएसन रणनीतिक साझेदारको रूपमा जोडिएका थिए। आयोजकका अनुसार स्वयंसेवकहरूको सक्रिय योगदानले प्रतियोगितालाई आत्मीय, समावेशी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता अब एक लोकप्रिय वार्षिक कार्यक्रमको रूपमा स्थापित हुँदै गएको छ। यसले खेलमार्फत मात्र होइन, सदस्यहरूबीच मित्रता, समुदाय निर्माण, नेतृत्व विकास र टिमवर्कको महत्व बुझ्ने अवसर पनि प्रदान गर्दै आएको छ। खेल मैदानमै नेतृत्व र सहकार्य कस्तो हुनुपर्छ भन्ने सन्देश दिएको यस प्रतियोगिताले समुदायलाई अझ नजिक ल्याउने काम गरेको सहभागीहरूको भनाइ छ।

Read More

स्वास्थ्य सेवामा सहुलियत: नेपाल बैंक र नेशनल प्याथ ल्याबबीच बिशेष सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि. बीच स्वास्थ्य जाँच तथा उपचार सेवामा सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले नेशनल प्याथ ल्याबका विभिन्न शाखामा उपलब्ध प्याथोलोजी ल्याब सेवा तथा हेल्थ प्याकेजहरूमा १० प्रतिशतदेखि ५० प्रतिशतभन्दा बढी छुट प्राप्त गर्न सक्नेछन्।

निश्चित शर्तभित्र रहेर केही सेवामा निःशुल्क होम डेलिभरी सुविधा समेत उपलब्ध गराइने जनाइएको छ।

सम्झौता पत्रमा २०८२ साल पुस १४ गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि.का तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले नेशनल प्याथ ल्याबका नक्साल, महाराजगञ्ज, ललितपुर, पोखरा, चितवन, रुपन्देही, भैरहवा, तुलसीपुर, घोराही, धनगढी, गुल्मी, अर्घाखाँची र महेन्द्रनगर लगायतका विभिन्न स्थानमा रहेका शाखाबाट उच्चस्तरीय स्वास्थ्य परीक्षण तथा उपचार सेवा सहज र किफायती दरमा प्राप्त गर्न सक्नेछन्।

नेपाल बैंक र नेशनल प्याथ ल्याबबीच भएको यो सहकार्यले बैंकका कर्मचारी तथा ग्राहकहरूको स्वास्थ्य सुरक्षामा थप टेवा पुग्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।

Read More

कृषिमा प्रविधिको महाकुम्भ: माघ २ देखि ४ सम्म चितवनमा एग्रीटेक एक्स्पो

काठमाडौँ । नेपाली कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.को आयोजनामा उक्त प्रदर्शनी माघ २ देखि ४ गतेसम्म भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रदर्शनीमा नेपाल, भारत, चीनसहित विभिन्न देशका कृषि क्षेत्रसँग सम्बन्धित कम्पनीहरूका १०० भन्दा बढी स्टल रहनेछन्। एकै स्थानमा कृषि क्षेत्रका अत्याधुनिक प्रविधि, उपकरण र सेवाबारे जानकारी लिन सकिने भएकाले यो प्रदर्शनी कृषक, उद्यमी र लगानीकर्ताका लागि विशेष अवसर बन्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, मल, बीउबिजन, कीटनाशक, कृषि तालिम तथा वित्तीय सुविधासम्बन्धी जानकारी र प्रविधि अवलोकन गर्न सकिनेछ।

देश तथा विदेशबाट आएका उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि र आम कृषकहरूले आधुनिक कृषि प्रविधिको प्रत्यक्ष अवलोकन गर्न, डेमो हेर्न र आफ्ना जिज्ञासा समाधान गर्न पाउने आयोजकको विश्वास छ।

प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ। यहाँ साना किसानका लागि उपयोगी तथा किफायती उपकरणदेखि लिएर डेरी मेसिनरी र पशुपन्छीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणसम्मको प्रदर्शन तथा प्रत्यक्ष प्रयोग (डेमो) गरिनेछ। आयोजकका अनुसार यो प्रदर्शनी नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणतर्फ एक महत्वपूर्ण कोशेढुंगा सावित हुने छ।

हाल प्रदर्शनीका लागि सीमित स्टलहरू मात्र बाँकी रहेको र स्टल बुकिङ तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।

आयोजकले यस प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रका लागि उपयुक्त नवीनतम प्रविधि र सेवाको पहिचान हुने, त्यसको प्रयोगबाट कृषि उत्पादन बढ्ने र मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रवद्र्धकको रूपमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। सहयोगी संस्थाका रूपमा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ नेपाल तथा चितवन उद्योग संघ रहेका छन्।

Read More

मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, १२ जनाको बन्यो मन्त्रिमन्डल

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री यादवले १२ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।

सरकार गठन भएको करिब एक महिनापछि मुख्यमन्त्री यादवले ६ मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई बुधबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पद तथा गोपनियताको सपथ गराएका छन् ।

नयाँ मन्त्रीहरुमा श्रम तथा यातायात मन्त्रीमा मनिष सुमन, भौतिक पूर्वाधार विकास मन्त्रीमा राजकुमार गुप्ता, वन तथा वातावरण मन्त्रीमा शंकरप्रसाद चौधरी, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा श्यामप्रसाद पटेल, खेलकुद तथा समाज कल्याण मन्त्रीमा वसन्त कुशवाहा र गृह, सञ्चार तथा कानुन मन्त्रीमा फकिरा महतोलाई नियुक्त गरिएको छ ।

Read More

कुलमानको प्रष्टोक्ति- भान्जा र ससुरा सिफारिस गरेको छैन, नियोजित हल्ला फैलाइयो

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक सुची बारे आफ्नो प्रष्टीकरण दिएका छन् ।

घिसिङले समानुपातिक सुचिमा आफु निकट कसैलाई नराखेको स्पष्ट गर्दै आफ्ना भान्जा भनिएका व्यक्ति आफ्नो भान्जा नभएको र उनी आफ्नो तर्फबाट सिफारिस नभएको बताएका छन् ।

त्यस्तै आफ्नो ससुरा पनि सिफारिस नगरेको स्पष्ट गर्दै समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको स्पष्ट गरेका छन् । उनले इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइएका नियोजित हल्ला र आरोपहरू दुःखद भएको बताएका छन् । साथै घिसिङले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा कुलमानले आफ्ना भान्जा, ससुरा र छिमेकीलाई सिफारिस गरेको भन्दै कडा आलोचना भइरहेको छ । साथै रास्वपाको समग्र समानुपातिक सूचीप्रति पनि चौतर्फी आलोचना भइरहेको छ ।

घिसिङले भनेका छन् :  

प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई मसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।

समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो । म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् । राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ। साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु। म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु । त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।

Read More

एक भए राप्रपा र राप्रपा नेपाल

काठमाडौँ । आज राप्रपा र राप्रपा नेपालबीच एकता भएको छ ।

बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा आयोजित एकता घोषणा समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । पार्टी एकतापछि पार्टीको नाम राप्रपा नै रहनेछ ।

गत बुधबार दुवै दल एकीकरण गर्ने सहमति गरेका थिए । चार बर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरेका थिए । 

अहिले समारोहमा नेताहरुले सम्बोधनको क्रम जारी रहेको छ ।

Read More