२०८३ बैशाख १३

नेपालमा टी–२० विश्वकपको ट्रफी टुर जनवरी ५ देखि ७ गतेसम्म

काठमाडौँ । भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी ५ देखि ७ गतेसम्म आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ट्रफी टुर जनवरी ५ देखि ७ गतेसम्म अर्थात पुस २१, २२ र २३ गते नेपालमा हुने भएको हो ।

आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।

समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन्।

टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, बंगलादेश, इटाली र इंग्ल्यान्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

नेपालले विश्वकपमा आफ्नो पहिलो खेल इङल्याण्डविरुद्ध फेब्रुअरी ८ मा, दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो खेल वेस्ट इण्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्ने तालिका रहेको छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखेडे क्रिकेट स्टेडियममा खेल्ने छ ।

Read More

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिनको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ । अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिन कोमामा गएका छन् । मेनिन्जाइटिसको कारण अस्पताल भर्ना भएका मार्टिन कोमामा गएको अस्ट्रेलियन मिडियाले उल्लेख गरेका छन् ।

५४ वर्षीय मार्टिन शुक्रबार अचानक बिरामी परेपछि उनलाई  क्वीन्सल्याण्डमा अस्पताल भर्ना गरिएको थियो । मार्टिनले अस्ट्रेलियाका लागि चार एशेज सिरिज खेलेका थिए । २००६ मा तेस्रो टेस्ट अघि उनले अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी अस्ट्रेलियाका दुई विश्वकप विजेता टोलीका सदस्य पनि थिए ।

क्रिकेट अस्ट्रेलियाका सीईओ टोड ग्रिनबर्गले मार्टिनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मार्टिनको परिवारको तर्फबाट उनका नजिकका साथी तथा पूर्व क्रिकेटर एडम गिलक्रिस्टले मार्टिन अस्पतालमा उपचार गराइरहेको जानकारी दिएका छन् ।

सिड्नी मर्निङ हेराल्डको रिपोर्ट अनुसार, मार्टिन आगामी दिनहरूमा कोमाबाट बाहिर निस्कने आशा गरिएको छ । मेनिन्जाइटिस एक संक्रमण हो, जसले हाम्रो मस्तिष्क र मेरुदण्ड वरपरको सुरक्षात्मक तह (झिल्ली) को सूजन निम्त्याउछ ।

Read More

काँग्रेस विशेष महाधिवेशनको बाटोमा अगाडी बढ्यो- महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस विशेष महाधिवेशको बाटोमा अगाडी बढेको बताएका छन् ।

महामन्त्री थापाले राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा शुभकामना दिदै पुस मसान्तभित्र नियमित महाधिवेशन हुने अवस्था नबनेपछि अब काँग्रेस विशेष महाधिवेशनको बाटोमा अगाडी बढेको बताएका हुन् ।

उनले भनेका छन्- ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

महामन्त्री थापाले राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको उल्लेख गर्दै भनेका छन्- ‘नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन – भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ ।’

उनले राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी भएको उल्लेख गर्दै सबै काँग्रेस कार्यकर्तालाई विशेष महाधिवेशनको बाटोमा हातेमालो गर्दै एकताबद्ध हुना आव्हान समेत गरेका छन् ।

Read More

तारिख बुझ्न रवि लामिछाने पोखरामा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न पोखरा पुगेका छन् । जिल्ला अदालत कास्कीमा तारिखका निम्ति रवि पोखरा आएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि धरौटीमा छुटेका थिए ।

पोखरा पुगेका लामिछानेले आफ्नी पत्नी निकिता पौडेललाई जन्मदिनको शुभकामना दिदै गतबर्ष पोखरामा प्रहरीको आँखा छलेर एक मिनेटमा गोलघरमा जन्मदिन मनाएको सम्झिएका छन् । 

उनले भनेका छन्- 
मलाई सम्झना छ ,अघिल्लो वर्ष आजकै दिनमा तिम्रो जन्मदिनमा मलाई हिरासतबाट यहि कास्की जिल्ला अदालतमा ल्याइएको थियो । थुनुवाको रूपमा अदालत बाहिरको यहि गोलघरमा सबैको आँखा छलेर फटाफट दियो बाली दहि खुवाएर मैले तिमीलाई जन्मदिनको शुभकामना दिएको थिएँ। ठिक एक वर्षपछि आज फेरि तिम्रो जन्मदिन कै अवसरमा हामी यहि कास्की जिल्ला अदालतमा नै तारिख धाउन उपस्थित हुनु परेको छ। गत वर्ष प्रहरी साथी हरुको आँखा छलेर १ मिनेटमा तिम्रो जन्मदिन यहि गोलघरमा मनाइएको थियो। आज थोरै स्वतन्त्रता छ तर लडाइ वाँकि नै छ । हर लडाइमा हिम्मत साथ उभिने तिमीलाई जन्म दिनको अनेकौं शुभकामना ।

Read More

आफ्नो जल क्षेत्रमा स्टारलिङ्कको इन्टरनेट प्रयोग गर्ने जहाजलाई चीनको कारवाही

काठमाडौँ । चीनले आफ्नो क्षेत्रीय जल क्षेत्रमा एलोन मस्कको कम्पनी स्टारलिङ्क प्रयोग गरेकोमा एक विदेशी जहाज विरुद्ध कारबाही गरेको छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार, चीनले यो स्याटेलाइट इन्टरनेट सेवालाई आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा भनेर सो कारवाही गरेको हो ।

स्टारलिङ्कलाई चीनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ र कम्पनीसँग त्यहाँ सेवा प्रदान गर्ने इजाजतपत्र पनि छैन । चिनियाँ अधिकारीहरूले आफ्नो क्षेत्रमा प्रवेश गर्ने कुनै पनि जहाजले स्टारलिङ्क टर्मिनलहरू प्रयोग गर्न तुरुन्तै बन्द गर्नुपर्ने बताएका छन् ।

चीनमा दूरसञ्चार र इन्टरनेट सम्बन्धी धेरै कडा कानूनहरू छन् । विदेशी कम्पनीहरूलाई स्याटेलाइट इन्टरनेटसहित आधारभूत दूरसञ्चार सेवाहरू प्रदान गर्न अनुमति छैन । चीनले देश भित्रको कुनै पनि उपग्रह सञ्चार ‘घरेलु गेटवे’ (घरेलु सर्भर) मार्फत जानुपर्छ । साथै चीनमा, रेडियो फ्रिक्वेन्सी वा उपकरणहरू प्रयोग गर्न आधिकारिक सरकारी स्वीकृति आवश्यक छ र स्टारलिङ्कसँग यो स्वीकृति छैन ।

स्टारलिङ्क कम-पृथ्वी कक्ष उपग्रहहरूको एक विशाल नेटवर्क हो । रिपोर्टका अनुसार, चिनियाँ अनुसन्धानकर्ताहरूले स्टारलिङ्कले चीनको रणनीतिक हितको लागि ‘उच्च जोखिम’ खडा गर्न सक्ने विश्वास गर्दछन् । स्टारलिङ्कको सञ्चार डेटा घरेलु पूर्वाधारको सट्टा विदेशी प्रवेशद्वारहरूबाट जान्छ, जसमाथि चीनको कुनै नियन्त्रण छैन ।

चीनको राष्ट्रिय रक्षा प्रविधि विश्वविद्यालयले २०२३ मा प्रकाशित एक रिपोर्टमा अमेरिकाले आफ्नो सैन्य शक्ति बढाउन स्टारलिङ्क प्रविधि प्रयोग गरिरहेको उल्लेख गरिएको थियो । त्यसैले, अन्य देशहरूले यसलाई आणविक, अन्तरिक्ष र साइबर डोमेनमा सुरक्षा खतरा मान्छन् ।

मस्कको कम्पनी, स्पेसएक्स, हाल उपग्रह इन्टरनेट स्पेसमा एकाधिकार राख्छ । स्टारलिङ्कले विश्वभरका १४० भन्दा बढी देशहरूमा सञ्चालन गर्दछ । स्पेसएक्सको फाल्कन ९ विश्वको एक मात्र पुन: प्रयोग गर्न मिल्ने रकेट हो जसले नियमित रूपमा उपग्रहहरू प्रक्षेपण गर्दछ । चीन अब यो एकाधिकार तोड्न चाहन्छ । चीनको निजी रकेट कम्पनी, ल्याण्डस्पेसले हालै आफ्नो नयाँ झुक-३ मोडेल, पुन: प्रयोग गर्न मिल्ने रकेटको परीक्षण गरेको छ ।

रिपोर्ट अनुसार, यो प्रक्षेपण असफल भए पनि, धेरै चिनियाँ सरकारी र निजी कम्पनीहरू अब आफ्नै पुन: प्रयोग गर्न मिल्ने रकेटहरू निर्माण र परीक्षण गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।

Read More

महासंघको आयोजनामा आज सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुदै

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधवार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ । उक्त संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ ।

मुलुकको आर्थिक पुनरुत्थानका लागि शान्ति र स्थायित्व अपरिहार्य शर्त भएको उल्लेख गर्दै देशको विकास र समृद्धिको लागि साझा धारणा तय हुन सकोस् भन्ने उद्देश्य सहित महासंघले सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गरेको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए । उनले निजी क्षेत्र मुलुकको समृद्धिको प्रमुख साझेदार भएको उल्लेख गर्दै युवापुस्ताको ऊर्जालाई उद्यम, नवप्रवर्तन र उत्पादनशील क्षेत्रमा जोड्न सकिए अर्थतन्त्रलाई नयाँ गति दिन सकिने बताए । 

महासंघले आयोजना गर्न लागेको उक्त कार्यक्रमले सरकार, राजनीति, निजी क्षेत्र र युवाबीच विश्वास अभिवृद्धि गर्दै दीर्घकालीन आर्थिक विकासका लागि साझा कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Read More

सरकारको ध्यान निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नुमा केन्द्रित छ- गृहमन्त्री अर्याल

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा बस्नु नभई तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् । 

बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन् ।   उनले भने- ‘निर्वाचन लोकतन्त्र एक असल अभ्यास हो र यो अपरिहार्य छ। निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्दछ ।’

निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने हुनाले देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन, मन्त्री अर्यालले भने ।

उनले आवधिक निर्वाचन नै सुशासनको आधार हो । ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्न नहुने बताए । त्यसैले, निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ, मन्त्री अर्यालले स्पष्ट पारे ।  

फाल्गुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको लागि कार्यतालिका सार्वजनिक भएर सोहि बमोजिम तयारी भइरहेको अवस्थामा निर्वाचनको माहौल बनिसकेको र समानुपातिक सूचीको नामावली निर्वाचन आयोगमा दर्ता कार्य सम्पन्न भइसकेको छ त्यसैले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको, मन्त्री अर्यालले जोड दिए ।

गृहमन्त्री अर्यालका अनुसार शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सृजनामा प्रदेश सरकारको पनि भूमिका उत्तिकै महत्त्वपूर्ण हुनेछ । निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कतैबाट पनि गर्नु र गराउनु न्यायोचित नहुने विचारप्रति मन्त्री अर्यालले जोड दिए ।

Read More

सालापा विकास बैंकको आईपीओ आजदेखि खुला

काठमाडौँ । सालापा विकास बैंकले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । 

कम्पनीले प्रति युनिट १०० बराबर मूल्यमा १४ लाख ३९ हजार १७९ इकाई शेयर निष्कासन गरेको छ । आईपीओमा आवेदन दिने मिति छिटोमा पौष २० गतेसम्म तोकिएको छ भने पर्याप्त आवेदन नपरेमा पौष ३० गतेसम्म खुला बढाइनेछ ।

कम्पनीको जारी पूँजी ५२ करोड २३ लाख छ । यसमध्ये ३३ प्रतिशत  अर्थात् १७ लाख २३ हजार ८८० इकाई शेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनिले बताएको छ । यस साधारण सार्वजनिक निष्कासनमध्ये १० प्रतिशतले हुन आउने एक लाख ७२ हजार ३८८ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई पहिले नै बाँडफाँड गरिएको छ ।

त्यस्तै सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ इकाइ कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने प्रस्तावित शेयरको ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ इकाइ म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ । बाँकी १४ लाख ३९ हजार १७९ इकाइ आजदेखि सर्वसाधारणका लागि सदस्यताको लागि खुला गरिएको छ ।

आईपीओ निष्कासनको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरिएको छ । आवेदन दिनेले न्यूनतम १० इकाइ र अधिकतम २५ हजार इकाइका लागि दिन सकिने छ ।

नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त ‘बि’ वर्गको विकास बैंक, सालापा विकास बैंक लिमिटेड (SBBL) खोटाङमा आधारित ६ वटा शाखा र यसको मुख्य कार्यालय भएको एक जिल्ला क्षेत्रीय बैंक हो । 

Read More

सुनचाँदीको मुल्य आजपनि घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ११ सयले घटेर तोलाको २ लाख ६१ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ६२ हजार एक सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले घटेर ४४७०  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४५९० मा कारोबार भएको थियो ।

Read More

टी-२० विश्वकप खेल्ने ओमानको टिम घोषणा

काठमाडौँ । ओमानले आइसीसी टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । ओमानले जतिन्दर सिंहको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । 

विश्वकपमा समुह बी मा रहेको ओमानको समुहमा अस्ट्रेलिया, आयरल्याण्ड, श्रीलंका र जिम्बाबे रहेका छन् । ओमानले आफ्नो विश्वकप यात्रा फेब्रुअरी ९ मा जिम्बाबेसँग खेलेर शुरु गर्ने छ ।

ओमानको विश्वकप टिममा जतिन्दर सिंह (कप्तान), विनायक शुक्ला, मोहम्मद नदीम, शकील अहमद, हम्माद मिर्जा, वासिम अली, करण सोनावले, शाह फैसल, नदीम खान, सुफयान महमूद, जय ओडेद्रा, शफिक जान, आशिष ओडेदारा, जितेन रामानन्दी र हसनैन अली शाह ।

Read More