२०८३ बैशाख १३

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

काठमाडौँ । शिक्षा मन्त्रालयले  विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरुलाई १० बुँदे निर्देशन दिएको छ ।

शिक्षामन्त्री महावीर पुनले मन्त्रीस्तरीय निर्णय गर्दै विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएर नेपालमा  शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयले दिएको १० बुँदे निर्देशन:
१- विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को अनुसूची ३ मा रहेको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने संस्थाले पालना गर्नुपर्ने सर्तहरू अनिवार्य रूपमा पालना गर्ने गराउने।

२- शिक्षण संस्थाभित्र विद्यार्थीलाई अनुसाशनमा राख्न भनी डिसिप्लिन इन्चार्ज (डिआई) राख्ने गरेको र त्यसबाट विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको भन्ने गुनासो प्राप्त हुन आएकोले यदि त्यस्तो व्यवस्था शिक्षण संस्थामा गरेको भए तत्काल हटाई विद्यार्थीलाई सहयोग र सल्लाह प्रदान गर्नका लागि विद्यार्थी परामर्श कक्ष स्थापना गरी विद्यार्थीलाई उचित परामर्श प्रदान गर्ने।

३- शिक्षण संस्थामा विद्यार्थी, अभिभावक एवम् सरोकारवालाहरूले गुनासो तथा सुझाव पृष्ठपोषण राख्न पाउने व्यवस्था मिलाउने र त्यसरी प्राप्त गुनासोलाई नियमित रूपमा सम्बोधन गर्ने।

४- विद्यार्थीबाट लिइने कार्यक्रमगत सबै प्रकारका शुल्कको विवरण पारदर्शी रूपमा सबैले देख्ने गरी डिस्प्ले गर्ने र सोको प्रमाणित प्रति मन्त्रालयमा अनिवार्य रूपमा १५ दिनभित्र पेस गर्ने।

५- प्रति कक्षा रहने विद्यार्थी सङ्ख्या तथा कक्षागत दैनिक सिकाइ क्रियाकलाप सञ्चालन तालिका सबै विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने र संस्थाको सूचना पाटी तथा वेबसाइटमार्फत सार्वजनिक गर्ने ।

६- शिक्षण संस्थालाई अनुमति दिइएका विषय, तह र अवधिका कार्यक्रम निर्धारित स्थानमा मात्र सञ्चालन गर्ने ।

७- मन्त्रालयबाट शिक्षण संस्थाले सञ्चालन अनुमति प्राप्त गरेका विषय र अवधिका कार्यक्रम मात्र शिक्षण संस्थाले आफ्नो वेबसाइटमा जानकारी राख्ने। अर्को शिक्षण संस्थाका कार्यक्रमको जानकारी सञ्चालक समूह भनी कुनै पनि अवस्थामा शिक्षण संस्थाको वेबसाइटमा जानकारी नराख्ने ।

८- निर्देशिकाले तोकेको सङ्ख्यामा छात्रवृत्ति प्रदान गर्दा पारदर्शी र निष्पक्ष रूपमा विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गर्ने । सोको विवरण शिक्षण संस्थाको वेबसाइटमा सार्वजनिक गर्ने र मन्त्रालयमा अनिवार्य रूपमा विवरण पेस गर्ने ।

९- विषयगत योग्यता र दक्षता भएका शिक्षकहरूबाट मात्र अध्यापन गर्ने व्यवस्था मिलाउने ।

१०- निर्देशिकामा उल्लिखित प्रावधानहरू तथा अनुमति प्रदान गर्दा शिक्षण संस्थाले गरेको कवुलियतनामाका सर्तहरू अनिवार्य रूपमा पालना गर्ने। अन्यथा शिक्षण संस्थालाई दिइएको कार्यक्रम सञ्चालनको अनुमति जुनसुकै वेला रद्द हुन सक्ने कुरामा जानकारी राखे ।

Read More

खालिदा जियाको अन्त्यष्टि आज, परराष्ट्रमन्त्री शर्मा सहभागी हुदै

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)की नेतृ खालिदा जियाको अन्त्येष्टि आज ढाकामा हुदैछ। खालिदालाई संसद परिसरमा उनका पति तथा बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमानको चिहान नजिकै गाडिनेछ ।

उनको मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको थियो । उनी विगत २० दिनदेखि भेन्टिलेटरमा थिइन् । खालिदा जियाको मृत्युपछि बंगलादेश सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

यस अवधिमा, सरकारी भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ र सबै आधिकारिक कार्यक्रमहरू स्थगित गरिनेछ। अन्त्येष्टिमा ठूलो संख्यामा राजनीतिक नेताहरू, समर्थकहरू र जनता उपस्थित हुने अपेक्षा गरिएको छ ।

अन्त्यष्टिमा सहभागी हुन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा ढाका पुगेका छन् । त्यस्तै अन्त्यष्टिमा भारतीय विदेशमन्त्री एस. जयशंकरलगायत अन्य देशका विशिष्ट व्यक्तिहरु सहभागी हुन लागेको बताइएको छ ।

Read More

इरान र भेनेजुएलामा १० जना व्यक्ति र कम्पनीहरूमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

काठमाडौँ । अमेरिकाले इरान र भेनेजुएलामा १० जना व्यक्ति र कम्पनीहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ । इरानको ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमसँग जोडिएको कथित नेटवर्कविरुद्ध अमेरिकाले चालेको यो ठूलो कदम हो । ट्रम्प प्रशासनले यी गतिविधिहरूले अमेरिका र यसका मध्यपूर्वी सहयोगीहरूको सुरक्षामा गम्भीर खतरा निम्त्याउने बताएको छ ।

अमेरिकी कोष विभागका अनुसार, यी प्रतिबन्धहरू संयुक्त राष्ट्र संघले इरानमाथि पुनः लगाएको प्रतिबन्धहरूलाई सुदृढ पार्ने उद्देश्यले गरिएको हो । तिनीहरूको उद्देश्य इरानको आणविक र सैन्य कार्यक्रमहरूमा आर्थिक दबाब बढाउनु हो । यद्यपि, इरानले निरन्तर यसको आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ ।

नयाँ प्रतिबन्धहरूको सूचीमा भेनेजुएलाको एक कम्पनी र यसको अध्यक्ष समावेश छन्, जसमाथि इरानबाट ड्रोन खरिद गरेको आरोप छ । त्यस्तै तीन इरानी नागरिकहरूलाई ब्यालिस्टिक क्षेप्यास्त्रहरूमा प्रयोग हुने रसायनहरूको खरिदमा संलग्न भएको आरोप लगाइएको छ । इरानमा आधारित धेरै व्यक्ति र कम्पनीहरूलाई पनि लक्षित गरिएको छ, जुन कथित रूपमा अमेरिकाले पहिले नै प्रतिबन्ध लगाइसकेको होल्डिङ कम्पनी रायन फ्यान ग्रुपसँग सम्बन्धित छ ।

गत फेब्रुअरीमा, राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध ‘अधिकतम दबाब’ अभियान पुन: सुरु गरेका थिए । यसको घोषित उद्देश्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु थियो । यस सन्दर्भमा, इजरायल र इरान बीचको खुला द्वन्द्व पछि अमेरिकाले यस गर्मीमा तीन प्रमुख इरानी युरेनियम संवर्धन सुविधाहरूमा पनि आक्रमण गर्‍यो ।

हालै फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको वार्ताका क्रममा ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रमलाई पुनर्जीवित गर्ने प्रयास गरेमा अमेरिकाले थप सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका थिए । त्यस्तै अमेरिकाले इरान र भेनेजुएला विश्वव्यापी रूपमा घातक हतियारको प्रसारको लागि जिम्मेवार रहेको बताएको छ । अमेरिकाको यो कदमलाई इरान र भेनेजुएलामाथि बढ्दो अन्तर्राष्ट्रिय दबाबको रूपमा हेरिएको छ, जसले भविष्यमा विश्वव्यापी राजनीति र सुरक्षा समीकरणहरूलाई असर गर्न सक्छ ।

Read More

आर्सनल विजयी, चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शानदार जित हासिल गरेको छ भने म्यानचेस्टर युनाइटेड, चेल्सी बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल मागालहाएज, मार्टिन जुबीमेन्डी, लीन्द्रो ट्रोसार्ड र गाब्रियल जिससले एक एक गोल गरेका थिए । त्यसैगरी एस्टन भिल्लाका लागि एक गोल ओली वाटकिन्सले गरेका थिए ।

यो जितपछि आर्सनल १९ खेलमा ४५ अंकसहित शिर्ष स्थानमा कायम रहेको छ भने एस्टन भिल्लाको १९ खेलमा ३९ अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ । 

गएराती नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेड वोल्भ्ससँग १-१ गोलको बराबरीमा रोकिएको छ भने चेल्सी बोर्नमाउथसँग २-२ गोलले बराबरीमा रोकिएको छ । त्यस्तै न्यूक्यासल युनाईटेडले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ भने एभार्ट नले नोट्टीङघम फोरेस्टलाई २-० ले पराजित गरेको छ ।

Read More

समुन्द्रको गहिराइदेखि फोनसम्म, इन्टरनेट कसले नियन्त्रण गर्छ ?

काठमाडौँ । के तपाईंले कहिल्यै सोच्नुभएको छ, इन्टरनेट कसको स्वामित्वमा छ, जसले सम्पूर्ण संसारलाई जोड्छ, यो कुनै एकल सरकार वा कम्पनीको एकाधिकार होइन । हजारौं माइल समुद्रमुनि केबलहरू र एक टियर प्रणालीमार्फत डाटा तपाईंसम्म पुग्छ । यसको पछाडिको गणित बुझौं ।

पहिलो र सबैभन्दा अचम्मको कुरा के हो भने इन्टरनेटको कुनै एकल मालिक छैन । न त कुनै देश न त कुनै कम्पनीले सम्पूर्ण इन्टरनेटको स्वामित्व दाबी गर्न सक्छ । वास्तविकतामा, इन्टरनेट हजारौं साना र ठूला नेटवर्कहरूको विश्वव्यापी समूह हो, जुन इच्छा अनुसार एकअर्कामा जोडिएको हुन्छ । विभिन्न कम्पनीहरूले यसको विभिन्न भागहरू, जस्तै केबलहरू, सर्भरहरू र टावरहरूको स्वामित्व राख्छन् । सरल भाषामा भन्नुपर्दा, यो एक सहकारी समाज जस्तै हो जहाँ सबैजना एक ठाउँबाट अर्को ठाउँमा डेटा निर्बाध रूपमा प्रवाहित हुन्छ भनेर सुनिश्चित गर्न मिलेर काम गर्छन् ।

सम्पूर्ण इन्टरनेट प्रणाली धेरै स्तरहरूमा सञ्चालन हुने कम्पनीहरूमा निर्भर गर्दछ, जुन तीन तहमा बुझ्न सकिन्छ । शीर्षमा टियर-१ प्रदायकहरू छन् । यी विशाल कम्पनीहरू हुन् जुन समुद्रको तल जान्छन् र महादेशहरू बीच फाइबर-अप्टिक केबलहरू बिछ्याउँछन् । त्यसपछि टियर-२ टेलिकम प्रदायकहरू आउछन् । यी कम्पनीहरूले टियर-१ प्रदायकहरूबाट ब्यान्डविथ खरिद गर्छन् र राष्ट्रिय रूपमा वितरण गर्छन् । अन्तमा, टियर-३ प्रदायकहरू – तपाईंको स्थानीय केबल अपरेटर वा सानो ब्रॉडब्यान्ड प्रदायक, फाइबर केबलहरू मार्फत तपाईंको घरमा सिधै इन्टरनेट पुर्‍याउछन् ।

हामीलाई लाग्छ कि इन्टरनेट उपग्रहहरूद्वारा संचालित छ, तर सत्य यो हो कि विश्वको ९९ प्रतिशत डेटा ट्राफिक समुद्रमुनि राखिएका पातलो फाइबर-अप्टिक केबलहरू मार्फत यात्रा गर्दछ । यी केबलहरू विभिन्न देशहरूको तटमा रहेका ल्यान्डिङ स्टेशनहरूमा समाप्त हुन्छन् । 

जब यी केबलहरू मार्फत डेटा स्थानान्तरण गरिन्छ, यसलाई भण्डारण र प्रशोधन गर्न विशाल डेटा केन्द्रहरू आवश्यक पर्दछ । यी केन्द्रहरूमा रहेका सर्भरहरूले हामीलाई वेबसाइटहरू र भिडियोहरू प्रदान गर्छन् । अब प्रश्न उठ्छ: यदि कुनै मालिक छैन भने, नियमहरू कसले बनाउँछ ? असाइन्ड नेम्स एण्ड नम्बर्सका लागि इन्टरनेट कर्पोरेशन (आइसीएएनएन) र इन्टरनेट इन्जिनियरिङ टास्क फोर्स (आईइटिएफ) जस्ता गैर-नाफामुखी संस्थाहरूले यहाँ संसारको हरेक कुनामा इन्टरनेट पुग्ने सुनिश्चित गर्न काम गर्छन् । यद्यपि तिनीहरू मालिक होइनन्, तिनीहरू इन्टरनेटको ट्राफिक प्रहरी जस्तै हुन्, जसले प्रणालीलाई सुचारु रूपमा चलाइराख्छन् ।

Read More

बराबरीमा रोकियो अल नासर

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर बरावरीमा रोकिएको छ ।  गएराती सम्पन्न खेलमा अल नासर अल इत्तिफाकसँग २-२ गोलको बराबरीमा रोकिएको हो । 

१-० ले पछि परेको अवस्थामा अल नासरले २-१ को अग्रता लिए पनि अल इत्तिफाकले गोल गर्दै खेल बराबरी गरेको थियो । 

अल इत्तिफाकका लागि दुवै गोल जर्जिनियो विजनाल्डोले गरेका थिए भने अल नासरका लागि जोआओ फेलिक्स र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।  

यो बराबरीपछि अल नासरको ११ खेलमा ३१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै अल इत्तिफाकको ११ खेलमा १६ अंक रहेको छ र हाल आठौँ स्थानमा रहेको छ ।

Read More

रास्वपाको समानुपातिक सूचीमा तोसिमाको प्रश्न- पदाधिकारी समानुपातिकमा किन ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिक सूची बारे व्यापक असन्तुष्टि देखिएको छ ।

कलाकार, खेलाडी र कन्टेन्ट क्रियटरहरुलाई समावेश गरेर कार्यकर्तालाई उपेक्षा गरेको आरोप लागि रहेका बेला रास्वपा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पदाधिकारी र सचिवालय सदस्य समानुपातिकको सुचिमा बसेको भन्दै प्रश्न उठाएकी छन् । उनले पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचनबाट नबनेको उल्लेख गर्दै पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचिमा रहने भन्दै विरोध गरेकी छन् । तोसिमाले प्राईमेरी भोटिङकै धज्जी उडाउदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने प्रवृति पुराना दलभन्दा धेरै फरक नदेखिएको टिप्पणी गरेकी छन् ।

उनले पार्टीको पदाधिकारीमा रहनेले निर्वाचन लड्ने हिम्मत गर्नुपर्छ भन्दै सचिवालय सदस्य र पदाधिकारीहरु नै चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने ? भन्ने प्रश्न गरेकी छन् । साथै तोसिमाले पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ-आफ्नो नाम समानुपातिकको सुचिबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ र समानुपातिकको सुचिमा आफन्तवाद र नातावादलाई पूर्ण रुपले निषेध गरिनुपर्ने माग गरेकी छन् । 

उनले भनेकी छन्: 

समानुपातिक को अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचिले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचिले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ। सुचिले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाईटल पोष्टमा हुनेहरु नै समानुपातिक सुचिको लागी आकाङ्क्षि हुनु र त्यहिँ आफ्नो स्पेस बनाउनु/बनाईनुले समानुपातिक प्रविधिको औचित्यमाथी नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होईन ! 

फेरी विरोधि भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरु भनेको सधैँ पोसिसन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राईमेरीको भोटिङमा होस् या ईभालुएसनमा। पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिन सम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचन बाट बनेको होइन, पार्टी भित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचिमा ! त्यो पनि प्राईमेरी भोटिङकै धज्जी उडाउदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन ।

मैले सधैँ भन्ने गरेको छु र फेरी पनि भन्छु,पार्टिको भाईटल पोसिसनमा बस्ने साथीहरुले प्रतक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ । अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरु किन डराउनुभएको ? कति असुरक्षित महसुस गर्नुभएको ? सचिवालय सदस्य र पदाधिकारीहरु नै चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने ? हामीले साच्चिकै उदाहरणिय नेतृत्व गर्ने हो भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ-आफ्नो नाम समानुपातिकको सुचिबाट हटाएर प्रतक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। साथै समानुपातिकको सुचिमा आफन्तवाद र नातावादलाई पूर्ण रुपले निषेध गरिनुपर्छ।

Read More

विश्वकप अघि श्रीलंकाले मालिंगालाई दियो बलिङ सल्लाहकारको जिम्मेवारी

काठमाडौँ । श्रीलंकाले अर्को वर्ष हुने टी-२० विश्वकप अगाडि पूर्व फास्ट बलर लसिथ मालिंगालाई महत्वपूर्ण भूमिका सुम्पेको छ । मालिंगालाई फास्ट बलिङ सल्लाहकारको रूपमा कोचिङ स्टाफमा नियुक्त गरिएको छ । श्रीलंका क्रिकेट (एसएलसी) ले नियुक्तिको जानकारी दिदै मालिंगा जनवरी २५, २०२६ सम्म छोटो अवधिको सल्लाहकारको रूपमा काम गर्ने बताएको छ ।

मालिंगा २००७ देखि २०१४ सम्म श्रीलंकाली टोलीको हिस्सा थिए । टोली २००७ र २०११ मा एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो र उनी त्यो टोलीको हिस्सा थिए । टी-२० क्रिकेटमा, श्रीलंकाले २००९ र २०१२ संस्करणमा उपविजेता बनेको थियो भने २०१४ मा मिरपुरमा भारतलाई हराएर उपाधि जितेको थियो । त्यस अवधिमा मालिंगाको योगदानले उनलाई एक किंवदन्तीको रूपमा स्थापित गरेको थियो, विशेष गरी डेथ ओभरहरूमा उनको बलिङ । श्रीलंकाले फेब्रुअरी ८ मा आयरल्याण्ड विरुद्ध २०२६ को टी-२० विश्वकपमा आफ्नो अभियान सुरु गर्ने तालिका छ । त्यसपछि समूह चरणमा अष्ट्रेलिया, ओमान र जिम्बाब्वेसँग खेल्नेछ ।

आफ्नो अन्तर्राष्ट्रिय करियरको अतिरिक्त, मलिंगासँग प्रशिक्षकको अनुभव पनि छ । उनले आईपीएलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स जस्ता फ्रान्चाइजीहरूसँग काम गरेका छन्, जसले टोलीलाई थप फाइदा पुर्‍याउनेछ । २०१४ मा टी-२० विश्वकप जितेदेखि, श्रीलंकाले त्यो सफलता दोहोर्याउन संघर्ष गरिरहेको छ र पछिल्ला तीन संस्करणहरूमा नकआउट चरणमा पुग्न असफल भएको छ ।

मलिंगाको नियुक्तिलाई टोलीको प्रतिस्पर्धात्मकता पुनर्स्थापित गर्ने र विश्वव्यापी मञ्चमा आफ्नो अग्रता पुन: प्राप्त गर्ने व्यापक प्रयासको एक हिस्साको रूपमा हेरिएको छ । श्रीलंका २०२६ को टी-२० विश्वकपको संयुक्त आयोजक हो। यो विश्वव्यापी प्रतियोगिता भारत र श्रीलंकाले सह-आयोजना गर्ने हो ।

Read More

शितलहरले दाउन्ने सडक खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौँ । नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्र एकतर्फी सञ्चालन गरिने भएको छ ।

सडक विभागको आयोजना निर्देशनालयले विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा  सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको र केहि स्थानहरुमा कलभर्ट तथा सडक ढलानको कार्य भइरहेकोले एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको जानकारी दिएको छ ।

निर्देशनालयले मौसममा सुधार नहुन्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ । 

साथै यस सडक खण्डमा यातायात सञ्चालनमा अवरोध उत्पन्न भएको अवस्थामा पुर्व पश्चिम राजमार्ग हुँदै आउने/जाने सवारीसाधन: नारायणघाट-मुग्लिङ्ग-पोखरा-स्याङ्जा-पाल्पा- बुटवल वा कालीगण्डकी चोक (गैंडाकोट)-रामपुर-पिपलडांडा- पाल्पा- बुटवल तथा काठमाडौँबाट बर्दघाट पश्चिम जाने/ बुटवल-काठमाडौँ जाने सवारी साधनहरु: काठमाडौँ-मुग्लिङ्ग-पोखरा-स्याङ्जा-पाल्पा-बुटवल दुई पांग्रे र फोर ह्विलर चार पांग्रे सवारीसाधनको लागि वैकल्पिक सडक:  दुम्कीबास-ज्यामिरे-डाँडाचोक-डमार-भुताहा प्रयोग गर्न आग्रह गरिएको छ ।

Read More

राप्रपा र राप्रपा नेपालबीच आज एकता घोषणा समारोह हुदै

काठमाडौँ । आज राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा हुदैछ ।

दुवै दलबीच आज दिउसो १ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा एकता घोषणा समारोह हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत बुधबार दुवै दल एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । चार बर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरेका थिए ।

Read More