२०८३ बैशाख १३

११ लाख किशोरीले लगाए एचपिभी खोप, कुन प्रदेशमा कति ?

काठमाडौं – पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन्।

सरकारले सुरु गरेको पोठघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियानबाट ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएका हुन्। उक्त खोप अभियानबाट सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीहरुले खोप लगाएका छन्। त्यहाँ सबैभन्दा धेरै २ लाख १९ हजार ८३ जनाले खोप लगाएको परिवार कल्याण महाशाखाले जनाएको छ।

सबैभन्दा कम खोप लगाउने संख्या कर्णाली प्रदेशमा छ। त्यहाँ ८७ हजार ९०४ जना किशोरीले मात्र खोप लगाएका छन्। यस्तै, मधेश प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जनाले खोप लगाएको महाशाखाको तथ्यांक छ।

जनसंख्याका आधारमा बागमती प्रदेश धेरै र कर्णाली प्रदेशमा खोप लगाउने किशोरीको संख्या कम देखिएपनि सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा भने कोशी प्रदेशमा धेरै र मधेश प्रदेशमा कम देखिएको छ।

महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा अभियान गौतमले खोपलको उपलब्धिका आधारमा कोशी प्रदेशमा धेरै देखिएको बताए।