काठमाडौं। वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको कार्यकल सकिन लागेसँगै निर्देशकका लागि केही आकांक्षी चिकित्सक राजनीतिक भेटघाटको दौडधुपमा रहेका छन् । डा. पौडेलको कार्यकाल आगामी आइतबार अर्थात फागुन ४ मा सकिँदैछ ।
डा. पौडेलले आफैँ पनि दोहोरिने इच्छासहित शक्तिकेन्द्र धाइरहेका छन् । ‘दुई वर्षमा केही काम सुधारका गरेको छु । अझै वीरको स्वास्थ्य सेवा सुधार गर्ने कार्ययोजना छ,’ डा. पौडेलले भने, ‘एक कार्यकाल पुनः दोहोर्याउन पाए हुन्थ्यो भन्ने अपेक्षा छ ।’




