काठमाडौँ, १३ वैशाख । काठमाडौं स्थित भारतीय दूतावासले नेपाली विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०२५–२६ का लागि आयुष छात्रवृत्ति योजना ल्याएको छ ।
योजना अन्तर्गत भारतका विभिन्न विश्वविद्यालयहरू तथा संस्थानहरूमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुबाट आवेदन आह्वान गरेको हो । नेपाली विद्यार्थीलाई मेरिटका आधारमा पूर्ण छात्रवृत्ति दिइने दूतावासले जनाएको छ ।
दूतावासका अनुसार छात्रवृत्ति कार्यक्रम भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) मार्फत सञ्चालन हुनेछ भने इच्छुक विद्यार्थीहरूले अनलाइन A2A पोर्टल (www.a2ascholarships.iccr.gov.in) मार्फत आवेदन दिन सक्नेछन् ।
छात्रवृत्तिले आयुर्वेद, युनानी, सिद्ध, योग तथा होमियोप्याथी सम्बन्धी स्नातक, स्नातकोत्तर र पीएचडी तहका अध्ययनलाई समेटेको छ ।
आयुष छात्रवृत्ति योजनाबारे दूतावासले जारी गरेको सुचना यस्तो छ :
https://www.indembkathmandu.gov.in/storage/images/tabs/7250212.pdf




