२०८३ बैशाख १३

किटमा नेपाली विद्यार्थी मृत्यु : प्रहरी भन्छ अनुसन्धानमा कुनै कमजोरी हुदैन, पोस्टमार्टम परिवार आएपछि

भारत, १८ वैशाख । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ मृत भेटिएकी नेपाली बिरगंज निवासी प्रिशा शाह भएको खुलेको छ ।

बिहीबार बेलुकी करिब ७ बजेतिर उनी कोठामा झुण्डिएको अवस्थामा फेला परेको भुवनेश्वर प्रहरीले जनाएको छ ।

प्रहरी आयुक्त एस. देव दत्त सिंहको अनुसार साँझ करिब ७ बजे होस्टलमा उपस्थिति हाजिर लिने क्रममा बोलाउदा कुनै प्रतिक्रिया आएन । त्यसपछि कोठा भित्र पसेर जाँच गर्दा झुन्डिएको अवस्थामा फेला परेको देखेपछि केआईआईटीले प्रहरीलाई जानकारी गराएको थियो । अहिले भुवनेश्वर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताउदै प्रहरी आयुक्त एस. देव दत्त सिंहले अनुसन्धानमा कुनै कमि कमजोरी नहुने बताएका छन ।

अहिले अनुसन्धान गरिरहेको र मृतक छात्राको परिवार नआउन्जेल पोस्टमार्टम नहुने भूवनेश्वर प्रहरीले जनाएको छ ।