काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौताबमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गरिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने बताएका हुन् ।
उनले देउवा पाँचौं पटक प्रधानमन्त्री बनिसकेको बताउँदै अब छैटौं पटक बन्नेवाला रहेको बताए । उनले समय आएपछि किस्तीमा राखेर धुमधामसँग प्रधानमन्त्री पद हस्तान्तरण गरिने बताए । ‘मैले १४ महिनापछि शेरबहादुरजीलाई ‘लौ प्रधानमन्त्री’ भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्छु,’– ओलीले भने ।




