२०८३ बैशाख १३

सरकार अझै लक्ष्यमा पुगेको छैन, गठबन्धन यथावत् रहन्छ : योगेश भट्टराई

काठमाडौँ, ६ जेठ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले अहिलेको कांग्रेस–एमाले गठबन्धन सहमतिबमोजिम ०८४ सालसम्म कायम रहने दाबी गरेका छन् ।

उनले सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएकोले ०८४ को आम निर्वाचनसम्म गठबन्धन तलमाथि नहुने दाबी गरे ।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले सरकारले कामको गति बढाउनुपर्ने सुझाव दिए । यद्धपी उनले सरकार गलत ट्रयाकमा नभएको जिकिर गरे । उनले अहिले राष्ट्रिय सहमतिको आवश्यकत्ता नभएको पनि स्पष्ट पारे ।

संविधान संशोधनको लागि भने बृहत्तर सहमति आवश्यक रहेको भट्टराईले औंल्याए ।