काठमाडौँ, १४ जेठ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।
आज सुन एक हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य बुधबार घटेर १ लाख ८९ हजार ३०० रुपैयाँमा किनबेच भएको छ । यता, चाँदीको मूल्य भने मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँ बढेर २ हजार ५ रुपैयाँ पुगेको छ ।




