काठमाडौं, जेठ १९ । सार्वजनिक सवारी साधन बन्दका कारण सर्वसाधारण मर्कामा परेपछि नेपाल प्रहरीले बस सञ्चालनमा ल्याएको छ ।
यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेपछि सर्वसाधारणको सहजताका लागि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको हो ।
अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जानेको छ ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै आज यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गराएका छन् ।






