२०८३ बैशाख १३

सगरमाथा र लालीगुराँस अंकित नयाँ १० रुपैयाँको नोट बजारमा

Nepal Rastra Bank

काठमाडौँ, २ असार । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै साविककै आकार तथा रंगमा १० रुपैयाँ दरको नयाँ नोट असार २ गते सोमबारदेखि प्रचलनमा ल्याइएको जानकारी दिएको हो।

बाँयातर्फ सगरमाथाको चित्र र दायँतर्फ लालीगुराँसको पानी छाप रहेको नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने राष्ट्र बैंकले जनाएको छ।