काठमाडौँ, १७ असार। साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक २८.९१ अंकले बढेर दुई हजार ६६०.३९ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, आज कारोबार रकम पनि बढेको छ । कूल १ करोड ५७ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज २१७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ।
आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टको भएको छ । सो कम्पनीको मात्र ४६ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।




