काठमाडौं, १९ असार। नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकहरूलाई राहत दिने उद्देश्यले विशेष ब्याज छुट योजना सार्वजनिक गरेको छ ।
पुराना बक्यौता तिर्ने र कर्जा नियमित गर्न चाहने ग्राहकहरुका लागि यो योजना अत्यन्तै लाभदायक हुने बैंकले जनाएको छ ।
बैंकले २०७५ साल चैत्र मसान्तसम्म खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा ५० लाख रुपैंयासम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरुलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता गर्ने विशेष अवसर दिएको हो ।
त्यस्तै, २०७६ साल बैशाखदेखि हालसम्म कर्जा खराब सूचीमा परेका वा हाल नियमित रहेका ग्राहकहरूले पनि सावाँ र ब्याज तिरेर कर्जा चुक्ता वा नियमित गरेमा विशेष छुट पाउने बैंकले जनाएको छ ।
यो छुट २०८२ साल असार मसान्तसम्मका लागि रहेको समेत बैंकले जनाएको छ ।




