२०८३ बैशाख १३

जनक विश्वविद्यालय बनाउने प्रतिवद्धता गर्दै निधिले भने: विकासमा राजनीति घुसाउँदा राष्ट्र हार्छ

काठमाडौँ, २१ असार। नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु अनुचित भएकाले पत्रकारिताका माध्यमबाट सकारात्मक सूचना एवं विचार सम्प्रेषण गर्नु अपरिहार्य भएको बताएका छन ।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्री निधिले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणका लागि आठ करोड रुपैंया बजेट विनियोजन भएको जानकारी दिए । उनले राजनीतिक दुर्भावनाका कारण भवन निर्माणमा अवरोध भएको बताए ।

आफूले वर्षौंदेखि राजर्षि जनक विश्वविद्यालय स्थापनाका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै नेता निधिले विश्वविद्यालयको भवन निर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

त्यस अवसरमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, प्रदेश सांसद रामसरोज यादवलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।