काठमाडौँ, ३० असार। नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसदहरुले नै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरिनुपर्ने लविङ थालेका छन् ।
मन्त्री गुप्ताको कारण सिंगो पार्टी पँक्ति र सरकार नै बदनाम भएको भन्दै उनीहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष तत्काल बर्खास्त गरेर एक्शन लिन सुझाएका छन् ।
सरकारको एक वर्ष पुगेको सन्दर्भमा प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पूनर्गठनको तयारीमा थिए । यही मुखमा आफ्नै पार्टीबाट आफू नेतृत्वको सरकारमा सहभागी गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि प्रधानमन्त्री ओली पनि अप्ठ्यारोमा परेका छन् ।
पार्टीका प्रभावशाली नेताहरुले यत्रो अडियो नै बाहिरिएपछि तत्काल पदबाट हटाउन बालुवाटारसमक्ष लविङ थालेको एमालेनकिट उच्चस्रोतको दाबी छ ।




