काठमाडौँ, १ साउन। नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि शेखर प्रचण्ड निवास खुमलटार पुगेका हुन् । दुई नेताबीच दुई घण्टा लामो भेटवार्ता भएको हो ।
कांग्रेस–एमाले सरकारको एक वर्ष भएको छ । यस्तोमा अहिले सरकारको कामको समिक्षा भैरहेको छ । शेखरले पनि सरकारको खुलेर आलोचना गरिरहेका छन् ।
उता, प्रचण्डले सरकार बनेदेखि नै भ्रष्टाचार मौलाएको र सरकारले आफ्नालाई संरक्षण गरेको आरोप लगाउँदै आएका छन् ।




