२०८३ बैशाख १३

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन निर्वाचनमा मतदान सम्पन्न, केही बेरमा गणना हुने

काठमाडौँ, १४ साउन। कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा शतप्रतिशत मत खसेको छ ।

हेटौँडास्थित कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा सबै ३७ सांसदले मतदानमा भाग लिएका हुन् ।

संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबिच प्रतिस्पर्धा रहेको छ ।

लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा बुधबार निर्वाचन भएको हो । जसमा लामाले फेरि उम्मेदवारी दिएका हुन् । निर्वाचनको नतिजा आजै केहीबेरमा सार्वजनिक हुने बताइएको छ ।