२०८३ बैशाख १३

सुख्खा पहिरो खसेपछि कान्ति लोकपथ पुर्णरुपमा अवरुद्ध

काठमाडौँ, १४ साउन। मकवानपुरस्थित कान्तिलोक पथ पुर्ण रुपमा अवरुद्ध भएको छ ।

बुधबार साँझ मकवानपुरको बकैया गाउँपालिका- ११ ल्यानडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा माथिबाट विधुतको पोल सहित सुख्खा पहिरो खसि दुवैतर्फ पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।