काठमाडौँ, १५ साउन। सरकारले बाढीले क्षति पुर्याएको सिन्धुली सडक पुनःस्थापनाका लागि जापानबाट झण्डै ३ अर्ब बराबरको अनुदान सहायता स्वीकार गरेको छ।
त्यसैगरी, रानी जमरा कुलरिया सिँचाइ आयोजना र विद्युत वितरण प्रणाली सुधारका लागि विश्व बैंकबाट झण्डै ३५ अर्ब बराबरको सहुलियत ऋण पनि स्वीकार गरेको छ। जर्मन सरकारबाट विद्युत परियोजनाका लागि २० मिलियन युरो अनुदान समेत स्वीकृत गरिएको छ ।
नेपाल-भारत पारवहन सन्धि संशोधनदेखि विभिन्न मन्त्रीहरूलाई अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्वीकृति, न्याय क्षेत्रका उच्च तहमा बढुवा र सरुवा, नेपाल इन्जिनियरिङ परिषद, भक्तपुर क्यान्सर अस्पताल लगायतका नियुक्ति र पर्यटनसँग सम्बन्धित ९७ हिमाल आरोहण शुल्क दुई वर्षका लागि छुट दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
यसैबीच, राज्यको लगानी भएका संस्थाका तलब सुविधामा एकरूपता ल्याउन कार्यदल गठन गरिएको छ ।




