काठमाडौँ, १६ साउन। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ ।
लिमिटेडले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण सेयर (IPO) ल्याउने भएको हो । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ। सम्झौतामा दुई संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ।




