२०८३ बैशाख १३

सिटिजन्स बैंक र ई-स्पोटबीच सहकार्य, ग्राहकलाई १०% छुट सुविधा

काठमाडौँ, १६ साउन। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ई–स्पोट नेपालबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अब बैंकका कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले ई-स्पोटका सबै शाखामा इभी चार्जिङ र फुडमा ५/५ प्रतिशत छुट पाउनेछन्। बैंकले यस सहकार्यले ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।

छुटको विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध छ।