२०८३ बैशाख १३

खानी खोला हाइड्रोपावरले भदौ ३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

काठमाडौँ, १६ साउन। खानी खोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हालका सेयरधनीहरूका लागि १०० प्रतिशत हकप्रद सेयर खुला गर्दैछ।
कम्पनीले ४६ लाख ५७ हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँमा जारी गर्नेछ। आवेदन भदौ २३ सम्म दिन सकिनेछ। इच्छुक सेयरधनीले सि–आस्बा सेवा वा ‘मेरो सेयर’ अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।