२०८३ बैशाख १३

बजारमा सुनचाँदी सस्तिए, कारोबार मूल्यमा प्रत्यक्ष प्रभाव

काठमाडौँ, १६ साउन। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५ सयले घटेर तोलाको एक लाख ९३ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २२३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २२७० मा कारोबार भएको थियो ।