२०८३ बैशाख १३

केन्द्रीय समिति बैठक दशैं तिहारकोबीच गर्न प्रचण्डको प्रस्ताव

काठमाडौँ, १६ साउन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट सुरु भएको स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रीय कमिटी दशैंपछि बोलाउनेगरि प्रस्ताव राखेका छन् ।

अध्यक्ष प्रचण्डले दशैं र तिहारको बीचमा केन्द्रीय कमिटीको बैठक बोलाउन प्रस्ताव राखेका हुन् ।

अध्यक्ष प्रचण्डले आज समसामयिक राजनीतिक विषयमा समेत स्थायी कमिटीमा ब्रिफिङ गरेका थिए । उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमा पार्टीको बारेमा बोलेको विषयमा दाहालले असन्तुष्टि पोखेका थिए । उनले विषयहरु भए पार्टीको फोरममा राख्न सुझाएको बैठकमा सहभागी एक नेताले रिपोर्टर्स नेपाल डटकमसँग भने ।

उनले केन्द्रीय कमिटीको बैठकको मिति तोक्ने विषयमा सबैको धारणा आएपछि एउटा निश्कर्षमा पुगिने र त्यहीअनुसार मिति तोकिने सम्भावना रहेको बताए । बैठक तीन दिनसम्म चल्ने बताईएको छ । नेताहरुलाई बोल्नको लागि १५ मिनेटको समय तोकिएको छ ।