काठमाडौँ, १९ साउन। विद्युतीय सवारीसाधनको रोजाइ बढ्दो क्रममा रहेका नेपाली उपभोक्ताहरूका लागि चिनियाँ अटो जायन्ट ‘जिली’को नयाँ इलेक्ट्रिक मोडल अब नेपाली बजारमा आएको छ ।
एलआरआर मोटर्सले नाडा अटो शो २०२५ लाई लक्षित गर्दै जिली EX5 प्रो र EX5 म्याक्स सार्वजनिक गरेको हो । यी दुवै गाडी आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि, शक्तिशाली मोटर, दीर्घकालीन ब्याट्री क्षमता र आकर्षक मूल्यमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ५८ लाख रुपैयाँमा जिली EX5 प्रो र ६८ लाखमा EX5 म्याक्स उपलब्ध छन् । नाडा अटो शो अवधिमा उपभोक्ताहरूलाई थप छुट र अफर दिइने पनि एलआरआर मोटर्सले जनाएको छ।

५० वर्षसम्म चल्ने ब्याट्री, पानी-आगो-गोली प्रतिरोधी
यी मोडलमा प्रयोग भएको ६०.२ किलोवाट/घण्टाको एलएफपी सर्ट ब्लेड ब्याट्री न केवल दमदार छ, बरु संसारमै पहिलो Water–Fire–Bullet proof ब्याट्री हो, जसको आयु १० लाख किलोमिटर वा ५० वर्ष भनिएको छ।
ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिइएको छ, जुन हालसम्म नेपालमा उपलब्ध इभीहरूमा दुर्लभ सुविधा हो।
दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी प्रति घण्टाको गति ६.९ सेकेण्डमै पूरा गर्न सक्ने क्षमता राख्छ । यसको माइलेज पनि प्रभावशाली छ, सीएलटीसी मापन अनुसार ५३० किमी र डब्लुएलटीपी अनुसार ४३० किमी रेन्ज, जुन नेपालको भौगोलिक परिवेशका लागि पर्याप्त मानिन्छ।
लक्जरी इन्टेरियर र स्मार्ट सिस्टमको समावेशी संयोजन
जिली EX5 श्रृंखलाको इन्टेरियर वर्गकै लक्जरी अनुभव दिने खालको छ। १५.४ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, हेडअप डिस्प्ले, मसाजिङ सिट, तथा फ्लाईम साउन्ड सिस्टम जस्ता सुविधाहरूले यो गाडीलाई अलग बनाएको छ।
सुरक्षामा पनि कुनै सम्झौता छैन
छ वटा एयरब्याग, एबिएस, इबिडी, एइबी, ईएससी, हिल-अशिस्ट, ब्लाइन्ड स्पट मोनिटरिङ लगायतका सुरक्षा प्रविधिले जिली EX5 लाई सुरक्षित यात्रा साथी बनाउँछ।
साथै, कम्पनीले आफ्नै Flyme Auto OS मार्फत स्मार्ट ककपिट, ओटिए अपडेट, मोबाइल एपबाट गाडी नियन्त्रण गर्ने फिचर जस्ता प्रविधिहरू समावेश गरेको छ।
मूल्य सस्तो, सुविधा उत्कृष्ट- प्रतिस्पर्धीहरूलाई दबाब
नेपालमा सो मूल्य रेन्जका विद्युतीय गाडीहरूमध्ये जिली EX5 प्रो र म्याक्सले सबैभन्दा उच्च सुविधा, लामो रेन्ज र टिकाउ ब्याट्री दिएका छन्। जिलीको यो आगमनले नेपाली ईभी बजारमा प्रतिस्पर्धा चर्काउने कम्पनीको दाबी छ।
विद्युतीय गाडी खरिद गर्ने सोचमा रहेका नेपाली उपभोक्ताहरूका लागि जिली EX5 श्रृंखला सस्तो मूल्यमा अत्याधुनिक सुविधा र भरपर्दो प्रदर्शन दिने उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनिले दाबि गरेको छ ।




