२०८३ बैशाख १३

बूढीगण्डकीका नयाँ सिइओले लिए शपथ, आयोजनामा गुणस्तरीय कामको वाचा

काठमाडौँ, २३ साउन। बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित एक औपचारिक समारोहमा कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव सुरेश आचार्यले रजौरियालाई ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा सपथ ग्रहण गराएका हुन् ।

समारोहमा ऊर्जामन्त्री खड्काले नव नियुक्त सिइओ रजौरियालाई बधाई दिँदै बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने मोडमा रहेकोले अब स्पष्ट कार्ययोजना सहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए ।

समारोहमा मन्त्रालयकी सिंचाई सचिव सरिता दवाडी, सहसचिवहरु, मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।