२०८३ बैशाख १३

मनाङमा बस भाडा आधा घट्यो, चामे-खाङसार अब ७५० मात्र

काठमाडौँ, २६ साउन। जिल्ला प्रशान कार्यालय मनाङको अग्रसरतामा सदरमुकाम चामेदेखि माथिल्लो मनाङको खाङसारसम्मको सार्वजनिक यातायातको भाडा ७५० रुपैयाँ कायम भएको गरिएको छ ।

यस अघि ३५ किलोमिटरको यस रुटमा १५ सय भाडा लिइदै आएको थियो ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा शुक्रबार बसेको अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकले भाडादर निर्धारण गरेको हो । बैठकले निधारण गरेको नयॉ भाडादर १ भदौदेखि लागू हुने बताइएको छ ।

सदरमुकाम चामेबाट खाङसार हुँदै ठुलो संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरू तिलिचो ताल तथा थोरङला पास गर्न जाने गर्दछ ।

स्थानीय तहदेखि यातायात समितिका प्रनिनिधि तथा सुरक्षा निकायलगायत सरोकारवाला सहितको बैठकले नयाँ भाडादर तय गरेको हो । पर्यटकीय सिजनलाई नै लक्षित गरी भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बैठकपछि यातायात व्यवसायी पनि भाडा घटाउन तयार भएका छन् ।