२०८३ बैशाख १३

मानव अधिकारद्वारा रबि बस्ने कारागारको अनुगमन, अन्यायपूर्ण व्यवहार भएको भन्दै उठायो प्रश्न

काठमाडौँ, २६ साउन। रबि लामिछानेलाई कारागारमा राखिएको विषयमा समाचार बाहिर आएपछि मानवाधिकार आयोगको टिमले रुपन्देही कारागारको अनुगमन गरेको छ ।

मानवाधिकार आयोगकी आयुक्त लिली थापासहितको टोलीले सोमबार कारागारको अनुगमन गरेको हो ।

अनुगमनपछि आयुक्त थापाले लामिछाने बस्ने कोठाको झ्याल बन्द गरिएको पाइएको बताउदै कारागार प्रशासनले खोलिदिने बताएको उनले जानकारी दिएकी छन् ।

उनले भनिन्- ‘झ्याल समेत नभएको पाइएको छ । कारागारको प्रमुखले सुरक्षाको कारणले झ्याल बन्द गरिएको बताउनु भएको छ । तर अब उहाँले खोलिदिन्छु भन्नु भएको छ । अर्को अदालतले बन्दीको स्थानान्तरण गर्न दिएको आदेश पालना नगरिएको विषयमा आयोगले गम्भीर रुपमा छलफल गर्छ । स्रोत साधन कम भएको र २५० जनाको क्षमता भएकोमा ७०० जनालाई व्यवस्थापन गरेकोमा कारागार प्रशासनलाई धन्यवाद छ ।’

उनले न्युनतम मानव अधिकार समेत पुरा नभएको भन्ने कुरा बाहिर आएपछि आफुहरु अनुगमनको लागि आएको उनले बताएकी छन् । आयुक्त थापाले आफुहरुले कारागारमा मानव अधिकारको न्युनतम पालना समेत नरहेको विषयमा छलफल गर्ने बताएकी छन् ।