काठमाडौं, २७ साउन । अमुदी फुड्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सम्झौतापत्रमा अमुदी फुड्सका अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन्।
अमुदी फुड्सको कर्पोरेट कार्यालय काठमाडौँको कोटेश्वरमा रहेको छ भने यसको उद्योग चितवनको भरतपुरमा अवस्थित छ। कम्पनीले विभिन्न ब्रान्डका स्न्याक्स उत्पादन गर्दै आएको छ र यसमा विभिन्न क्षेत्रका अनुभवी व्यवसायी, उद्योगी तथा शिक्षाविद्हरूको लगानी रहेको छ।




