२०८३ बैशाख १३

बैंकिङ क्षेत्रमा प्रभु बैंकको नाफा वृद्धि ऐतिहासिक र अभूतपूर्व

काठमाडौँ, २९ साउन। प्रभु बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा झन्डै एक हजार प्रतिशत नाफा वृद्धि गरेको छ।

अघिल्लो वर्षको ५१ करोड नाफा यो वर्ष ५ अर्ब ४४ करोड पुगेको हो। यो छलाङ मुख्यतः अघिल्लो वर्षको ठूलो प्रावधान फिर्ता (इम्पेयरमेन्ट रिभर्सल) भएको कारण सम्भव भयो।

बैंकको चुक्ता पुँजी स्थिर रहँदा जगेडा कोष र संचित नोक्सानीमा सुधार देखिएको छ। निक्षेप १२.१९% बढेर ३ खर्ब ४२ अर्ब पुगेको छ भने ऋण ४.२२% बढेर २ खर्ब ३० अर्ब भएको छ। कोष लागत घटेर ४.३६% मा झरेको छ, जसले नाफामा थप सहयोग पुर्यायो।

मुख्य सूचकाङ्कमा पूँजी पर्याप्तता १३.९०% पुगेको छ, असफल ऋण अनुपात स्थिर छ, र वार्षिक आम्दानी प्रतिशेयर रु २३.१२ पुगेको छ। त्रैमास अन्त्यमा सेयर मूल्य रु २२१.८९ र पी/ई अनुपात ९.६० गुणा रह्यो।