२०८३ बैशाख १३

भ्रष्टाचार मुद्दामा मेयर थापालाई विशेष अदालतको फैसला, १० करोड र ८ वर्ष कैद

काठमाडौँ, ३० साउन। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले भ्रष्टाचार मुद्दामा मेयर थापा, अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गरेको थियो । सो मुद्दामा बिहिबार सजाय सुनाइएको हो ।

उनीहरूबाट जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसाका दरले असुलउपर गर्ने र जनही ८ वर्षका दरले कैद तोकिएको छ ।