२०८३ बैशाख १३

एकीकृत समाजवादीमा वामदेवलाई वरिष्ठ नेताको जिम्मेवारीसहित तेस्रो वरियता

काठमाडौँ, ३० साउन। नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई वरिष्ठ नेता बनाउदै तेस्रो वरियतामा राखेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गौतमलाई स्वागत गर्दै एकता अभियानबाट आएका नेताहरुको जिम्मेवारी तोकिएको हो ।

एकीकृत समाजवादीका एक नेताका अनुसार गौतमलाई वरिष्ठ नेताको पद दिइएको छ भने उनलाई अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरियता दिइएको छ ।

त्यस्तै, एकता अभियानबाट आएका नेताहरु डिबी कार्की, लुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको भने भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्या प्रसाद शर्मा, राम प्रसाद अधिकारी र मोहम्मद शेर बागवानलाई केन्द्रीय सदस्य बनाइएको छ ।

वामदेव गौतम यहि साउन २ गते एकीकृत समाजवादीमा समाहित भएका थिए ।