२०८३ बैशाख १३

एनटी स्ट्राइकविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

काठमाडौँ, ३० साउन। अस्ट्रेलियमा हुने टप इन्ड टी-२० सिरिज अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दैछ ।

यस खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै एनटी स्ट्राइकले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुदै छ ।

यस खेलमा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, रुपेश कुमार सिंह, सोमपाल कामी, लोकेस बम र शहाब आलम खेल्दै छन् ।