२०८३ बैशाख १३

एकीकृत समाजवादीले वामदेवलाई दियो केन्द्रीय विभागको संयोजन गर्ने जिम्मेवारी

काठमाडौँ, ३० साउन। नेकपा एकीकृत समाजवादीमा वामदेव गौतमलाई पार्टीको समग्र केन्द्रीय विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौ सचिवाल बैठकले नेता गौतमलाई अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछिको वरियतामा राख्दै पार्टीको सबै विभागको संयोजन गर्ने जिम्मेवारी दिएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा साउन २ गते समाहित भएका नेताहरूलाई जिम्मेवारी दिईएको प्रमुख ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ।

त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई रहेका छन्।