२०८३ बैशाख १३

लिड्स युनाइटेडसँग एभर्टन स्तब्ध

काठमाडौँ, ३ भदौ । इङलिश प्रिमियर लिग अन्तर्गत लिड्स युनाइटेडले शानदार शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा लिड्स युनाइटेडले एभर्टनलाई १-० गोलले पराजित गरेको छ । लिड्सको जितमा खेलको ८४औ मिनेटमा लुकास एनमेचाले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसै सिजनमा प्रिमियर लिगमा बढुवा भएको लिड्स युनाइटेडले पहिलो खेलमै एभर्टनलाई स्तब्ध पारेर सिजनको शानदार शुरवात गरेको छ ।