२०८३ बैशाख १३

गौर हत्याकाण्डमा सर्वोच्चले पीडितलाई न्याय दिन्छ भन्ने विश्वास बढ्यो: प्रभु साह

काठमाडौँ, ३ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अगाडि बडाउन सर्वोच्च अदालले दिएको आदेशबाट न्यायको जीत भएको टिप्पणी गरेका छन् ।

विगत लामो समयदेखि अनवरत संघर्षरत एवं न्यायको पखाईमा रहेका विभत्स गौर नरसंहारका पीडितहरुमा न्याय पाउने आशा र विश्वास बढेर गएको पनि उनको भनाई छ । उनले भनेका छन्,‘आजबाट निर्वाध रूपमा न्याय निरुपण भई दोषीहरु कानूनको दायरामा आउने विश्वासको समेत व्यक्त गर्दछु ।’