२०८३ बैशाख १३

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ, ३ भदौ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १२ सयले घटेर तोलाको एक लाख ९५ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९६ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।