२०८३ बैशाख १३

रास्वपा र राप्रपाद्वारा आजपनि प्रतिनिधि सभाको बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद निशा डाँगी र राप्रपाकी सांसद अनिता नेपालीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।