२०८३ बैशाख १३

तीन दशकमा माइन तथा विष्फोटनमा परी ६५१ जनाको मृत्यु: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बितेको तीन दशकमा माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको मृत्यु र २ हजार ८९९ जना घाइते भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनुहँुदै गृहमन्त्री लेखकले प्रहरीका अनुसार २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको मृत्यु भएको जानकारी गराए ।

उनले भने- ‘द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई रु १० लाखका दरले राहत रकम प्रदान गरिएको छ । घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरूका लागि १८ वर्षसम्म मासिक रु ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा  मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरिँदै आएको छ ।’

साथै परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम सरकारको निर्णय बमोजिम हुने गरेको व्यहोरा अनुरोध समेत जानकारी दिए ।