२०८३ बैशाख १३

वरिष्ठ क्याप्टेन विजय लामा बने जेवाई एयर ईभीको ब्रान्ड एम्बेसडर

काठमाडौँ । एलआरआर मोटर्सले वरिष्ठ क्याप्टेन विजय लामालाई जेवाई एयर ईभीको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ।

नाडा अटो शो २०२५ को चौथो दिन शुक्रबार आयोजित विशेष कार्यक्रममा कम्पनी र क्याप्टेन लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले कार्यक्रममा ब्रान्ड-एम्बेसडर साझेदारीको महत्व स्पष्ट पार्दै भने, “आज हामी केवल एउटा साझेदारीमा प्रवेश गरेका छैनौं, बरु यो साझेदारीले नेपाली ईभी बजारमा नवप्रवर्तन र दिगोपनाको नयाँ ढोका खोल्ने छ। जेवाई एयर ईभी विमान प्रविधिबाट प्रेरित, उच्चतम सुरक्षा मापदण्ड र दिगोपनाको प्रतिमूर्ति हो।”

क्याप्टेन विजय लामाले आफ्नो अनुभव र पहिचानलाई विद्युतीय सवारीसाधनसँग जोड्न पाउँदा गर्व लागेको बताए। उनले भने, “जेवाई एयर ईभी केवल कार होइन, यो सडकमा उड्ने विमान जस्तो अनुभव ल्याउने सवारी हो। यसले सुरक्षा, अनुशासन र प्रविधिक मूल्यहरूलाई नेपाली सडकमा उतार्ने छ। म नेपाली चालकहरूलाई सफा, स्मार्ट र दिगो गतिशीलता अपनाउन प्रोत्साहित गर्न उत्साहित छु ।”

यो सहकार्य मार्फत कम्पनीले नेपालमा ड्राइभिङ संस्कृतिलाई पुनः परिभाषित गर्ने लक्ष्य लिएको छ। विमाननको सुरक्षात्मक मापदण्ड र विलासीपनलाई विद्युतीय प्रविधिसँग मिसाएर, भविष्य उन्मुख गतिशील समाधान नेपाली बजारमा ल्याउने योजना अघि सारेको छ ।

एलआरआर मोटर्स नेपालमा जेवाई एयर ईभीको आधिकारिक आयातकर्ता र वितरक हो । कम्पनीले दिगोपना, कार्यक्षमता र प्रविधिको संयोजन मार्फत वातावरण मैत्री, सुरक्षित र नव प्रवर्तनशील सवारी साधन नेपाली ग्राहकहरूलाई उपलब्ध गराउने रणनीति अघि सारेको जनाएको छ।

यससँगै, क्याप्टेन लामाको प्रतिष्ठा र विमान अनुभवले जेवाई एयर ईभीको ब्रान्डलाई थप विश्वासिलो र आकर्षक बनाउने आशा गरिएको कम्पनीले जनाएको छ।

नेपाली सडकमा विद्युतीय गतिशीलता र स्मार्ट ड्राइभिङको नयाँ अध्याय यही साझेदारीसँग सुरु भएको समेत कम्पनीले जनाएको छ।

एलआरआर मोटर्स नेपालमा जेवाई एयर ईभीको आधिकारिक आयातकर्ता तथा वितरक हो। कम्पनीले दिगोपना, कार्यक्षमता र प्रविधिको संयोजनमार्फत वातावरणमैत्री र नवप्रवर्तनशील सवारीसाधन उपलब्ध गराउने रणनीति अघि सारेको जनाएको छ।