काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र माया मनोर बुटिक होटेल प्रा.लि बीच सम्झौता भएसँगै बैंकका ग्राहकहरूले विशेष छुट सुविधा पाउने भएका छन्। सम्झौता अनुसार हात्तीसार, काठमाडौंमा अवस्थित माया मनोर बुटिक होटेलमा बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई विभिन्न सेवामा छुट दिलाउनुका साथै नगद कारोबारलाई डिजिटल कारोबारमा रूपान्तरण गर्न सहयोग गर्नेछ। डिजिटल भुक्तानीको प्रवर्द्धनमार्फत सहज, सुरक्षित र पारदर्शी कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य पनि सम्झौतामा राखिएको छ।
बैंकले यस किसिमका सहकार्यले आफ्नो सेवाग्राहीलाई थप सुविधा दिने विश्वास व्यक्त गरेको छ। साथै, ग्राहकहरूले छुटबारे थप जानकारीका लागि २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।




