२०८३ बैशाख १३

विप्लवको घरमै पुगे प्रचण्ड, माओवादी एकताको यात्रा सुरु हुने संकेत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । आज सोमबार प्रचण्ड ललितपुरको हरिसिद्धिस्थित विप्लवको निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

प्रचण्ड र विप्लवबीच पार्टी एकताको बारेमा छलफल भएको बताइएको छ । माओवादी स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । तर, एकताका लागि अहिलेसम्म कार्यदल भने गठन हुन सकेको छैन ।