२०८३ बैशाख १३

कास्कीमा माइक्रोबस दुर्घटना, चालकसहित २३ जना घाइते

पोखरा । कास्कीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन् ।

पोखरा महानगर- १३ आर्वास्थित मड्केल्नाको ओरालोमा सोमबार माइक्रोबस दुर्घटना भएको हो ।

आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको माइक्रोबस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ ।

घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको माइक्रोबस मडकेल्नाको घुम्तीको ओरालो सडकको दायाँतर्फको भित्तामा ठोक्किएको हो ।