२०८३ बैशाख १३

बंगलादेशमा बीएनपी नेता मुसाब्बीरको गोली हानी हत्या

काठमाडौँ । बंगलादेशको ढाकामा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसाब्बीरको गोली हानी हत्या गरिएको छ । आक्रमणमा उनका साथी अबु सुफियान मसूद गम्भीर घाइते भएका छन् ।

बंगलादेशी मिडियाका अनुसार, घटना गएराति भएको थियो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीहरूले अचानक स्टार कबाब नजिकै गोली चलाएर भागेका थिए । गोली लागेर घाइते भएका मुसाब्बीर र मसूद दुवैलाई अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो । 

अजिजुर रहमान मुसाब्बीर बीएनपीको स्वयंसेवा इकाई, ढाका शहर उत्तर स्वयंसेवक दलका पूर्व महासचिव थिए । उनी पहिले धेरै राजनीतिक मुद्दामा जेल परेका थिए ।

घटनापछि क्षेत्रमा तनाव फैलिएको छ । बीएनपी कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । यो घटनाले फेब्रुअरी १२ मा हुने राष्ट्रिय चुनाव अघि बंगलादेशमा कानून व्यवस्था र राजनीतिक हिंसाको बारेमा चिन्ता बढाएको छ ।

विद्यार्थी नेता उस्मान हादीको गत महिना डिसेम्बर १८ मा गोली हानी हत्या गरिएको थियो । डिसेम्बर १२ मा राजधानी ढाकामा भएको गोली हानीमा हादीलाई गोली हानी गम्भीर घाइते बनाइएको थियो । उनी रिक्सामा सवार हुँदा मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेका थिए । हादीलाई तुरुन्तै ढाका मेडिकल कलेज अस्पताल लगिएको थियो र पछि उपचारको लागि सिंगापुर रिफर गरिएको थियो । डिसेम्बर १८ मा उनको मृत्यु भएको थियो । 

Read More

सुपरस्टार यसकोनयाँ फिल्म ‘टक्सिक’ को टिजर सार्बजनिक

काठमाडौँ । दक्षिण भारतका सुपरस्टार अभिनेता यशको ४०औं जन्मदिनको अवसरमा उनको नयाँ फिल्म ‘टक्सिक’ को टिजर सार्बजनिक गरिएको छ । 

फिल्मका पाँच अभिनेत्रीहरूको लुक्स सार्वजनिक गरेपछि, अब उनीहरूले यशको चरित्र टिजरमार्फत सार्वजनिक गरिएको छ । निर्माताहरूले २ मिनेट ५१ सेकेन्डको भिडियो जारी गरेर टक्सिक २०२६ को ठुलो फिल्म बन्ने संकेत दिएका छन् ।   

यो फिल्म रिलिज हुन अझै दुई महिनाभन्दा बढी समय बाँकी छ । यद्यपि, निर्माताहरूले बिस्तारै फिल्मको लागि चर्चा बढाउन थालेका छन् । त्यसैले अहिलेसम्म फिल्मका पाँच अभिनेत्रीहरूको पहिलो लुक्स सार्वजनिक भइसकेको छ । यस फिल्ममा कियारा आडवाणी, हुमा कुरेशी, तारा सुतारिया, नयनतारा र रुक्मिणी वसन्तको अभिनय रहेको छ । 

गीतु मोहनदास निर्देशित टक्सिक मार्च १९ मा रिलिज हुदै छ । फिल्म भव्य स्तरमा बनाइएको छ । सुरुमा डिसेम्बर २०२५ मा रिलिज हुने तय भएको यो फिल्म अपूर्ण पोस्ट-प्रोडक्सन कार्यका कारण स्थगित गरिएको थियो र अब मार्च १९ मा रिलिज हुने तय भएको छ । यद्यपि, ‘धुरन्धर २’ पनि सोहि दिन रिलिज हुने हुनाले दुवै फिल्मलाई नोक्सान हुन सक्ने विश्लेषण गरिएको छ । केजीएफ फेम यशको आफ्नै जबर्जस्त फ्यानबेस भएपनि धुरन्धरले बलिवुडको इतिहासमै अहिलेसम्मको धेरै कमाई गरेकाले यसको दोस्रो सिरिजको पनि प्रतिक्षा व्यग्ररुपमा रहेको छ । 

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको २ हजारले घटेर तोलाको २ लाख ६५ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ६७ हजार ७ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको सय रुपैयाँले घटेर तोलाको ४८३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९३५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौंको शंखरापुर बस दुर्घटना अपडेट: मृतकको संख्या पाँच पुग्यो

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका- ३ स्थित जहरसिंहपौवामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

बुधबार चार जनाको मृत्यु भएकोमा उपचारको क्रममा विहिबार थप एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ भने अन्य २३ जनाको अहिले उपचार भइरहेको छ ।

मृत्य हुनेमा नेपालगञ्ज घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने ४९ बर्षकी कामना शर्मा, ताप्लेजुङ घर भई हाल बुढानीलकण्ठ बस्ने ५१ बर्षकी इन्दिरा लिम्बु, सिराह घर भई हाल पेप्सीकोला बस्ने ५५ बर्षकी शान्ति गुप्ता, पाँचथर घर हाल गोठाटार बस्ने अन्दाजी वर्ष ६५ का देवेन्द्र लिम्बु र काठमाडौँ जोरपाटीका ६० वर्षीय अर्जुन लामिछाने रहेका छन् ।

नेचर हाउस कम्पनीबाट पिकनिक गएर फर्किनेक्रममा बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवामा सडकबाट करिब सय मिटर तल खसेको थियो ।

Read More

लामिछाने र लिङदेनबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

विहिबार विहान भएको भेटवार्तामा राप्रपा अध्यक्ष लिङदेनले लामिछानेलाई पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निमन्त्रणा दिएका थिए ।

साथै दुवैबीच समसामयिक राजनीतिक परिस्थिति बार छलफल भएको भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्ष लिङदेनले यसअघि बुधबार काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट गरेर  निमन्त्रणा दिएका थिए । 

Read More

विश्वप्रकाश भन्छन्- विधान कार्यान्वयन गर्न र पार्टीलाई नविन आत्मविश्वास भर्न विशेष महाधिवेशन हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् । 

विहिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनमा सहभागी हुन देश भरका काँग्रेसका महाधिवेशन प्रतिनिधि र नेता तथा कार्यकर्तालाई आव्हान गर्दै विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी गरेका हुन् ।

महामन्त्री शर्माले पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने बताउदै काँग्रेसको विधान कार्यान्वयन गर्न र पार्टीलाई नविन आत्मविश्वास भर्न विशेष महाधिवेशन गर्न लागेको स्पष्ट गरेका छन् ।  

उनले भनेका छन्- ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन, त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबभन्दा पहिला विश्वप्रकाश शर्मा बाहिर निक्लनेछ। अनि सबै सँगै निक्लौंला । पार्टीलाई विभाजन हुनबाट जोगाउँला । विधानमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु भनेको पार्टीको विभाजन गर्नु होइन, बरु पार्टीको विधानको रक्षा गर्नु हो।’ 

महामन्त्री शर्माले अगाडी भनेका छन्- ‘यो संवेदनशील घडिमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ। अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपुर्ण दृष्टि, योजना र संकल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नु परेको छ ।’

उनले भदौ २२ अगाडिको नेपाल अहिले नभएको बताउँदै समय, परिस्थिति, हाम्रो चुनौती र  दायित्व सबै बदलिएको अवस्थामा नयाँ संकल्प लिनुपर्ने र विशेष परिस्थिति, विशेष निर्णय, विशेष महाधिवेशन गर्न लागेको बताएका छन् ।

दुई महामन्त्रीसहित विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन गर्ने तयारी तिब्र पारेपछि संस्थापन पक्षले भने नेता तथा कार्यकर्तालाई विशेष महाधिवेशनका नाममा हुने गतिविधिमा सहभागी नहुन अपिल गरेको छ ।

Read More

अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीबाट महिलाको गोली हानी हत्या

काठमाडौँ । अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले एक महिलालाई गोली हानी हत्या गरेका छन् ।

गृह सुरक्षा विभागले घटना महिलाले गाडीले अध्यागमन अधिकारीलाई कुल्चने प्रयास गर्दा भएको बताएको छ । तर सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा महिलाले अध्यागमनका अधिकारीले गाडी रोक्न गरेको अनुरोध नमानेपछि गोली हानेको देखिएको छ ।  

गृह सुरक्षा सचिव क्रिस्टी नोएमले अध्यागमन अधिकारीले आत्मरक्षामा गोली चलाएको दाबी गरेकी छन् ।

यद्यपि, मिनियापोलिसका मेयर ज्याकब फ्रेले संघीय अधिकारीहरूको यो भनाइमाथि प्रश्न उठाएका छन् र शहरबाट आइस एजेन्टहरूलाई हटाउन माग गरेका छन् ।

गोलीबारीमा मृत्यु हुने महिलाको पहिचान ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुडको रूपमा गरिएको छ । मिनियापोलिसमा एक प्रमुख अध्यागमन प्रवर्तन अपरेशनको क्रममा यो घटना भएको हो । मिनियापोलिस र नजिकैको सेन्ट पल क्षेत्रमा २,००० भन्दा बढी एजेन्टहरू तैनाथ गरिएको छ ।

Read More

अस्ट्रेलिया एसेज सिरिजमा ४-१ ले विजयी

काठमाडौँ । अस्ट्रेलियाले एसेज सिरिज ४-१ ले जितेको छ । सिरिजको को पाँचौं तथा अन्तिम टेस्टमा अस्ट्रेलियाले ५ विकेटले जितेर सिरिज ४-१ ले जितेको हो ।

टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको १६० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर पुरा गरेको हो ।  

यसअघि इङल्याण्डले आफ्नो दोस्रो इनिंगमा ३४२ रन बनाएर अलआउट भएपछि अस्ट्रेलियाले १६० रनको लक्ष्य पाएको थियो । अस्ट्रेलियाले पहिलो इनिंगमा ५६७ रन बनाएर अलआउट भएको थियो । यस क्रममा स्टिभ स्मिथले १३८ र ट्राभिस हेडले १६३ रन बनाएका थिए । 

यस टेस्टमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै जो रुटको १६० रनको शतकीय पारीको मद्धतले ३८४ रन बनाएको थियो । 

५ खेलको सिरिज अस्ट्रेलियाले शुरुका तीन टेस्ट लगातार जितेर सिरिज आफ्नो नाममा गरेको थियो भने चौथो टेस्ट इङल्याण्डले जितेको थियो । यो सिरिज सकिएसँगै अस्ट्रेलियाका ब्याट्सम्यान उसमान ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले यसअघि नै यो टेस्ट आफ्नो क्यारियरको अन्तिम टेस्ट भएको घोषणा गरेका थिए ।  

Read More

जेनजी आन्दोलनका शहिद परिवार सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका शहिदहरुको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । 

प्राधिकरण सञ्चालक समिति (बोर्ड) को मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो । जेनजी शहीद परिवारका २७ जनाबाट रोजगारीका लागि निवेदन दिइएको थियो । निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा निजको शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको हो । 

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि बमोजिम र शहीद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय भएको थियो । 

कार्यविधिमा जेन—जी प्रदर्शनमा घाइते तथा अपाङ्ग भएको व्यक्ति वा नजिकको परिवारका सदस्य र शहीद परिवारको सदस्यलाई प्रचलित कानून बमोजिम निःशुल्क शिक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत र रोजगारी सम्बन्धी व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र उद्योग, वाणिज्य तथा आपूर्तिलगायतका विषयगत मन्त्रालयबाट मिलाउने गरी आवश्यक कार्य हुने व्यवस्था छ । आन्दोलनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई सरकारले शहीद घोषणा गरेको थियो ।

Read More

निद्राको डेटा अध्ययन गरेर रोगको जोखिम पत्ता लगाउने ‘स्लीपफम’ एआई विकास

काठमाडौँ । अनुसन्धानकर्ताहरूले एउटा नयाँ र स्मार्ट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल सिर्जना गरेका छन् । जसले निद्राको डेटाको आधारमा, भविष्यमा १०० भन्दा बढी रोगहरूको जोखिम छ कि छैन भनेर बताउन सक्छ । यो एआई मोडेललाई स्लीपएफएम (स्लीपफम) नाम दिइएको छ ।

यो स्ट्यानफोर्ड विश्वविद्यालयसहित धेरै अनुसन्धान संस्थाका वैज्ञानिकहरूले तयार पारेका हुन् । यो मोडेल लगभग ६५ हजार मानिसहरूको लगभग ६ लाख घण्टाको निद्राको डेटामा प्रशिक्षित गरिएको छ ।

नेचर मेडिसिनमा प्रकाशित अनुसन्धान अनुसार, यो एआई पहिलो पटक सामान्य निद्रासँग सम्बन्धित कार्यहरूको लागि परीक्षण गरिएको थियो । जस्तै निद्राका विभिन्न चरणहरू पहिचान गर्ने र स्लीप एपनियाको गम्भीरता बुझ्ने, त्यसपछि, निद्राको डेटा अस्पतालको स्वास्थ्य रेकर्डसँग जोडिएको थियो । अनुसन्धानकर्ताहरूले एक हजारभन्दा बढी रोगहरूको विश्लेषण गरेका थिए । जसमा एक हजार मध्ये १३० रोगहरूको यो मोडेलले निद्राको डेटाको सही भविष्यवाणी गर्न सक्षम भएको उल्लेख छ ।

स्ट्यानफोर्ड विश्वविद्यालयका निद्रा औषधिका प्राध्यापक तथा यस अध्ययनका वरिष्ठ लेखक इमानुएल मिग्नोटले यस अनुसन्धानका बारेमा भनेका छन्- ‘निद्राको समयमा, शरीरले धेरै महत्त्वपूर्ण संकेतहरू प्राप्त गर्छ । शरीर लगभग ८ घण्टासम्म स्थिर अवस्थामा रहन्छ, जसले अत्यन्तै समृद्ध र उपयोगी डेटा प्रदान गर्दछ ।’ स्लीपएफएमले पोलिसोम्नोग्राफी डेटा प्रयोग गर्दछ, जुन निद्रा स्क्रिनिङको सुनौलो मानक मानिन्छ ।

यसमा मस्तिष्क गतिविधि (इइजी ), मुटुको धड्कन (इसीजी), मांसपेशी चाल, श्वासप्रश्वासको ढाँचा, नाडी र अक्सिजन स्तर जस्ता विषयलाई समावेश गरेर अध्ययन गरिएको थियो ।

अध्ययन प्रतिवेदन अनुसार यस एआइले क्यान्सर, गर्भावस्थाका जटिलता, मुटु र रक्तसञ्चार सम्बन्धि रोग, मानसिक रोग, पार्किन्सन जस्ता स्नायु समस्या, स्ट्रोक र मुटुको विफलता जस्ता रोगको सटिक विश्लेषण गरेको दाबि गरिएको छ ।

अनुसन्धानकर्ताहरूले प्रतिवेदनमा एक रातको निद्रा डेटाले पनि हृदयघात, डिमेन्सिया, मिर्गौला रोग र मृत्यु जस्ता गम्भीर रोगहरूको जोखिमको भविष्यवाणी गर्न एस एआईले मद्दत गर्न सक्ने दाबि गरेका छन् ।

Read More