२०८३ बैशाख १३

काँग्रेस विशेष महाधिवशेन: प्रतिनिधिको दर्ता शुरु, ६ स्थानबाट जुलुस भृकुटीमण्डप पुग्ने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवशेन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरू हुँदैछ । विशेष महाधिवेशनका लागि सबै तयारी शुरु भएको र विहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गराउन शुरु गरिसकेका छन् ।

महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ताका लागि भृकुटीमण्डपको गेटमै व्यवस्था गरिएको छ । नाम दर्ता गर्न आउँदा परिचय खुल्ने परिचय पत्र, एक प्रति फोटो र एक हजार रूपैयाँ दर्ता शुल्क लाग्ने व्यवस्था गरिएको छ । 

 विशेष महाधिवेशनको उद्घाटन समारोह १ बजेदेखि शुरु हुदैछ ।  त्यसअघि बिहान ११ बजे विभिन्न ६ स्थानबाट जुलुससहितका नेता कार्यकर्ता भृकुटीमण्डपमा पुग्ने विशेष महाधिवेशन जनपरिचालन समितिले जानकारी दिएको छ ।  

जस अनुसार काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ भने ललितपुरको कुपण्डोलबाट अर्को जुलुस झाँकीसहित भृकुटीमण्डपमा आउने बताइएको छ ।

Read More

पृथ्वीनारायण शाहलाई सम्झँदा राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचान देखिन्छ- राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताएका छन् ।

३०४औं पृथ्वी जयन्तिका अवसरमा शुभकामना दिदै राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहलाई सम्झँदा उनले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गरेको देखिने बताएका छन् ।

राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको अभियानलाई इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले  निरन्तरता दिएको कारणले हामीले सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताएका छन् । 

उनले भनेका छन्- ‘राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

Read More

अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलको समीकरण पुरा भएको छ । प्रतियोगिताको सेमिफाइनलमा इजिप्ट, नाइजेरिया, सेनेगल र मोरक्को पुगेका छन् ।

गएराती सम्पन्न खेलमा इजिप्टले आइभरी कोष्टलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने नाइजेरियाले अल्जेरियालाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यसअघि मोरक्कोले क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने  सेनेगलले मालीलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अब सेमिफाइनलमा इजिप्टको सामना सेनेगलसँग हुने छ भने मोरक्कोको सामना नाइजेरियासँग हुने भएको छ । सेमिफाइनलका खेलहरु १४ जनवरीमा हुने छन् । 

Read More

विल गेट्सको चेतावनी- एआईको दुरुपयोगले जैविक आतंकवाद बढ्न सक्छ

काठमाडौँ । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले भविष्यमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोगले जैविक आतंकवादलाई सजिलो बनाउन सक्ने चेतावनी दिएका छन् । उनले यदि समयमै कडा नियमहरू लागू गरिएन भने, साना समूहहरूले पनि एआई प्रयोग गरेर खतरनाक जैविक हतियारहरू डिजाइन गर्न सक्षम हुन सक्ने चेतावनी दिएका छन् ।

गेट्सले पहिले, खतरनाक भाइरस वा ब्याक्टेरिया सिर्जना गर्न लाखौं डलर, ठूला प्रयोगशालाहरू र दर्जनौं वैज्ञानिकहरूको बजेट आवश्यक पर्थ्यो । यद्यपि, एआईको आगमनसँगै, यो धेरै सजिलो भएको छ । एआईले यो सम्पूर्ण प्रक्रियालाई सरल र सहज बनाएको छ । यसको अर्थ अब धेरै सीमित स्रोतहरू भएको सानो समूह वा पागल व्यक्तिले पनि एआईको मद्दतले खतरनाक भाइरस डिजाइन गर्न सक्छ ।

गेट्सका अनुसार, एआई यति स्मार्ट भएको छ कि यसले मिनेटमा लाखौं वैज्ञानिक अनुसन्धान पत्रहरू पढ्न सक्छ । यसले जटिल आनुवंशिक अनुक्रमहरू बुझ्न र परिमार्जन गर्न सक्छ । यसले हावामा रहेका र हालका औषधिहरूको प्रतिरोधी भाइरसहरूको लागि ब्लूप्रिन्टहरू पनि सिर्जना गर्न सक्छ । उनले एआईसँग अब आनुवंशिकी र रसायन विज्ञानमा विशेषज्ञ जस्तै ज्ञान छ, जसले गर्दा एक नौसिखियालाई पनि खतरनाक प्रयोगहरू गर्न अनुमति दिन्छ । अनलाइन उपलब्ध एआई मोडेलहरूलाई नियन्त्रण गर्न गाह्रो छ, जुन अपराधीहरूले शोषण गर्न सक्छन् । अर्को समस्या एआई कम्पनीहरूमा हाल जैविक हतियारहरूसँग सम्बन्धित जानकारी ब्लक गर्न सक्ने बलियो फिल्टरहरूको अभाव छ ।

बिल गेट्स भन्छन्, एआई प्रणालीहरूलाई दुरुपयोग हुन सक्ने जैविक वा वैज्ञानिक जानकारी प्रदान गर्नबाट रोक्नु पर्छ । यदि एआईलाई सबै प्रकारका अनुसन्धान, डेटा, वा प्राविधिक जानकारीमा अनियन्त्रित पहुँच दिइयो भने, यसको दुरुपयोग हुन सक्छ । त्यसकारण, एआई मोडेलहरूमा निर्मित सुरक्षा फिल्टरहरू हुनु आवश्यक छ, जसले खतरनाक प्रश्नहरू वा अनुरोधहरूलाई पहिचान गर्दछ र जवाफ दिन अस्वीकार गर्दछ ।

उनले यो चुनौतीलाई सम्बोधन गर्न, सरकारहरू र एआई कम्पनीहरूले सँगै काम गर्नुपर्छ । सरकारहरूले नियम र नियमहरू स्थापना गर्नुपर्छ, जबकि कम्पनीहरूले आफ्नो प्रविधिलाई सुरक्षित र जिम्मेवार तरिकाले विकास गर्नुपर्छ ।

बिल गेट्सले कुनै पनि एआई प्रविधि ठूलो मात्रामा सुरु गर्नु अघि यस्तो सुरक्षा परीक्षण आवश्यक रहेको बताउछन् ताकी कमजोरीहरूलाई समयमै सम्बोधन गर्न सकियोस् । बिल गेट्सले नयाँ औषधिहरू पत्ता लगाउन र रोगहरूको उपचार पहिलेभन्दा छिटो र सही रूपमा गर्न मद्दत गर्न सक्ने बताएका छन् । यसले चिकित्सा अनुसन्धानलाई नयाँ दिशा दिन सक्छ । 

Read More

रास्वपा र कुलमानको १२ दिनमै किन भयो डिभोर्स ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता सहमति १२ दिनमै भंग भएको छ । रास्वपा र उज्यालोबीच पद बाँडफाँट, पार्टीको नाम परिवर्तन तथा टिकट वितरणलगायतका विषयमा सहमति नभएपछि दुई पार्टीबीचको एकता भंग भएको हो । एकता भंग भएपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ । शनिबार बसेको रास्वपा सचिवालय बैठकले एकता अनुमोदन नगर्ने निर्णय गरेको छ ।

जेनजी आन्दोलनपछि नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने अभियान चलाउदै एकता गरिएको एकता १२ दिन पनि नटिके पछि यसलाई वैकल्पिक राजनीतिको डिभोर्सको रुपमा विश्लेषण गरिएको छ ।

सहमति गरेको १२ दिनपछि रवि लामिछाने र कुलमान घिसिङ आ-आफ्नो बाटो लागेका छन् । पुस १४ गते काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई साक्षी राखेर गरिएको एकता टुटेको छ । 

शनिबारको पत्रकार सम्मेलनमा घिसिङले रास्वपाले एकतर्फी रुपमा एकता भंग गरेको आरोप मात्र लगाएनन, उनले १२ दिन आफ्नो पार्टीको लागि पीडादायी बनाइदिएको समेत बताए । घिसिङले आफुहरुले पदको माग नगरेको दाबि गरिरहदा रास्वपाले भने कुलमानले राखेका नयाँ माग पुरा गर्न सक्ने अवस्था नभएपछि एकता कार्यान्वयन नभएको दाबि गरेको छ ।

घिसिङले रास्वपाले सिद्धान्त परिवर्तन गर्नुपर्ने, वरिष्ठ उपसभापति र महामन्त्री आफ्नो पक्षलाई दिनुपर्ने, पार्टीको नाम परिवर्तन गर्नुपर्ने, आफ्नो पक्षका ३० जनालाई केन्द्रीय सदस्य दिनुपर्नेजस्ता माग राखेपछि एकता कार्यान्वयनमा कठिनाइ भएको रास्वपाको दाबि छ । यसैगरी प्रत्यक्ष उम्मेदवारका लागि आफ्नो पक्षको संख्या दिनुपर्ने र उम्मेदवार आफैं चयन गर्न पाउनुपर्ने, चुनावपछि बन्ने सरकारमा आफ्नो पक्षका निश्चित पदहरु अहिले नै टुंग्याउनुपर्नेजस्ता माग पनि घिसिङले थपेका थिए ।

अब घिसिङले उज्यालो नेपाल पार्टी एक्लै भएपनि चुनावमा जाने र १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताएका छन् । उनले समानुपातिकमा पनि उनले समस्या समाधान गर्ने बताएका छन् । कुलमानले आफुले अहिलेसम्म गरेका कामका लागि एक पटक अवसर दिन भन्दै देशभर जाने बताएका छन् । बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ एक ठाउमा आएपछि नयाँ वैकल्पिक राजनीति बलियो बन्दै गएको विश्लेषण भएको समयमा कुलमानको बहिर्गमनले बालेन शाह र रवि लामिछानेसहितले वैकल्पिक शक्तिलाई बलियो बनाउन खोजेको अभियानलाई धक्का पुगेको विश्लेषण गरिएको छ ।

Read More

संस्थापन पक्षको विरोधका बिच काँग्रेसको विशेष महाधिवेशन आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज शुरु हुदैछ ।

काठमाडौँको भृकुटीमण्डपमा आज र भोली आयोजना हुने विशेष महाधिवेशनमा काँग्रेसको संस्थापन पक्ष भने सहभागी भएको छैन । विशेष महाधिवेशन आज दिउसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

विशेष महाधिवेशन उद्घाटन हुनुअघि विभिन्न पाँच रुटबाट जुलुस आउने जनपरिचालन समितिले जानकारी दिएको छ । जसअनुसार विभिन्न जिल्लाका प्रतिनिधिहरु सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमल पोखरी र कुपण्डोलमा बिहान ११ बजे भेला भएर जुलुससहित भृकुटीमण्डप जाने बताइएको छ ।    

विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षले आफ्नो प्रस्तावको बेवास्ता गरेपछि विशेष महाधिवेशनको आयोजना गरेको बताएका छन् । आजदेखि शुरु हुने विशेष महाधिवेशनमा कुन कुन केन्द्रीय नेताहरु सहभागी हुन्छन् भन्ने सबैको चासो रहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा नेतृत्व परिवर्तन गर्ने र नभएमा नीतिगत निर्णय गरेर विशेष महाधिवेशन सम्पन्न गर्ने रणनीतिमा रहेका छन् ।

अहिलेसम्म संस्थापन पक्षका वरिष्ठ नेता गोपालमान श्रेष्ठले आफु विशेष महाधिवेशनमा सहभागी हुने बताएका छन् भने पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरू डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मालगायतका नेताहरूले पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको आयोजकले जनाएका छन् ।

काँग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा खुले पनि ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा सहभागी हुने आयोजकले दाबि गरेका छन् । काँग्रेसका कुल ४ हजार ७३४ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

बहुमत महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्वको चयन गरेमा पनि काँग्रेसको विवाद कानुनी झमेलामा पर्ने अनुमान गरिएको छ ।

Read More

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आज राप्रपाको चियापान कार्यक्रम

काठमाडौँ । राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा एकता दिवसको अवसरमा आज चियापान कार्यक्रम आयोजना गर्दैछ ।

राप्रपाले बिहान १०.३० बजे भृकुटीमण्डपमा जम्मा भएर पृथ्वी शालिकमा जाने र १ बजेदेखि ४ बजेसम्म भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम आयोजना गरेको छ ।

राप्रपाले चियापान कार्यक्रमका लागि प्रधानमन्त्री सुशिला कार्कीसहित प्रमुख दलका नेताहरुलाई पनि आमन्त्रण गरेको छ ।

Read More

आज ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ ।

दिवसको अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।

विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए । पछिल्ला वर्षमा उनको योगदानको कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदा दिन पुनः सुरु गरेको छ ।

उनको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । पृथ्वीनारायण शाहको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Read More

२०८२ पुष २७ गते आइतबार: आजको राशिफल

आज २०८२ पुष २७ गते आइतबार ईसं २०२६ जनवरी ११ नेपाल सम्बत ११४६ पोहेलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण अष्टमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, सुकर्मा योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्‌ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । बुद्धिले भाउ पाउने समय हो, लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइने छ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी बढाउनु होला । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजुरदिदी वा गुरुरगुरुआमाको सहायता लिंदा लाभ पाइने छ । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षारअन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीका लागि राम्रो दिन छ, नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ । दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नतिरप्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्‌नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन् । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । अत्यास लाग्ने दिन छ, आफ्‌नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्न सक्छ । धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्यरअभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो । सुखरसुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ ।

Read More